एमालेसँग एकताको सम्भावना छैन- प्रचण्ड

७ कार्तिक, २०८३
सारांश
  • नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले तत्काल एमालेसँग पार्टी एकताको सम्भावना नरहेको बताएका छन् ।

काठमाण्डौ, ०७ कार्त्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले तत्काल एमालेसँग पार्टी एकताको सम्भावना नरहेको बताएका छन् ।

 

शनिबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित जागरण अभियानको उद्घाटन कार्यक्रममा प्रचण्डले इतिहास र पृष्ठभूमि समीक्षा गर्न आवश्यक रहेको उल्लेख गर्दै तत्काल एकताको सम्भावना नरहेको बताएका हुन् ।

 

उनले नेकपा एमाले भ्रष्टाचारको संरक्षण गर्ने र आफ्नो पार्टी भ्रष्टाचारविरुद्धको लडाइँ लड्ने पार्टी भएकाले तत्काल एकताको सम्भावना नभएको बताएका छन् । उनले भने- ‘हामीले सरकारमा हुँदा भ्रष्टाचारविरुद्ध सकेसम्म राम्रो गर्न खोज्यौँ । भएका कमी–कमजोरी पनि हामीले स्वीकारेका छौँ ।' अरू पार्टीहरूले गल्ती स्वीकार्नै नसक्ने र आत्मसमीक्षा भन्ने कुरा उनीहरूको डायरीमा नभएको प्रचण्डको आरोप छ ।

 

प्रचण्डले जनताको तहमा पुगेर उनीहरूकै मुखबाट आलोचना सुन्न गाउँ–गाउँ र टोल–टोलमा जाने बताए । राष्ट्रिय स्वाधीनताको रक्षा, जनताको सुशासन र समृद्धिको आकांक्षा सम्बोधन तथा प्राप्त उपलब्धिको रक्षाका लागि यो अभियान महत्त्वपूर्ण हुने विश्वास प्रचण्डले व्यक्त गरे ।

 

अभियानअन्तर्गत सबै केन्द्रीय नेताहरू फिल्डमा जाने र जनताका कुरा सुनेर प्रतिवेदन तयार गर्ने प्रचण्डको भनाइ छ। संकलित सबै प्रतिवेदनहरूको समीक्षा गरेर पार्टीले आगामी योजना तय गर्ने उनले बताए । आजदेखि शुरु भएको नेकपाको यो राष्ट्रिय जागरण अभियान आगामी मङ्सिर २५ गते समापन हुनेछ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

आस्था, इतिहास र संस्कृतिको संगम : हुति गाउँको अनौठो हरिणजात्रा !

हिमालको काख, महाकालीको तट र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको धार्मिक आस्थाको जगमा उभिएको एउटा अद्भुत सांस्कृतिक परम्परा हरिण जात्रा सुदुरको परिचय हो।

थप समाचार