शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
२०८३ भाद्र १३ शनिवार
- नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीको १५औँ महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गरी महाधिवेशन प्रक्रिया अघि बढाउने बताएका छन् ।
काठमाण्डौ, १३ भाद्र । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीको १५औँ महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गरी महाधिवेशन प्रक्रिया अघि बढाउने बताएका छन् ।
शनिवार विज्ञप्ति जारी गर्दै देउवा समुहका संयोजक समेत रहेका कोइरालाले अदालतमा विवाद विचाराधीन रहेको अवस्थामा पार्टीमा थप विवाद वा विभाजन निम्त्याउने गतिविधि नगर्न सबै पक्षलाई आग्रह गर्दै कोइरालाले १४औँ महाधिवेशनबाट निर्वाचित वैधानिक केन्द्रीय कार्यसमितिको १५औँ महाधिवेशन गर्नुपर्ने दायित्व रहेको बताएका हुन् ।
उनले क्रियाशील सदस्यता व्यवस्थापन समिति, क्रियाशील सदस्यता छानबिन समिति र निर्वाचन समिति गठनलगायत आवश्यक काम अघि बढाएर सबै तहका अधिवेशन गर्ने र महाधिवेशनको कार्यतालिका पनि छिट्टै सार्वजनिक गरिने बताएका छन् ।
कोइरालाले तथाकथित विशेष महाधिवेशनबाट बनेको स्वघोषित कार्यसमितिले गर्ने अधिवेशनसम्बन्धी गतिविधिमा सहभागी नहुन र १४औँ महाधिवेशनबाट निर्वाचित वैधानिक कार्यसमितिले गर्ने महाधिवेशनको तयारीमा जुट्न पार्टीका पदाधिकारी, सदस्य, प्रतिनिधि, समर्थक तथा शुभेच्छुकलाई आग्रह गरेका छन् ।
उनले नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको र पार्टी विधानअनुसार वर्तमान कार्यसमितिको पदावधि मंसिर मसान्तमा सकिने बताउदै संविधानअनुसार थप छ महिनाको अवधि रहेको भए पनि स्थानीय तहको निर्वाचन आगामी वैशाखमा र प्रदेशसभा निर्वाचन करिब एक वर्षभित्र हुने भएकाले पार्टीलाई समयमै व्यवस्थित र एकताबद्ध बनाउनुपर्ने उनको भनाइ छ ।
कोइरालाले मुलुकको राजनीतिक अवस्था थप जटिल र अस्थिर बन्दै गएको भन्दै राष्ट्रियता, सार्वभौमिकता र नागरिक स्वतन्त्रता संकुचित हुँदै गएको महसुस आम नेपालीले गरिरहेको बताएका छन् । यस्तो अवस्थामा एकताबद्ध, सबल र सक्षम कांग्रेस निर्माण गर्नु सबैको कर्तव्य भएको उनले उल्लेख गरेका छन् ।
कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतले विगतका सिद्धान्त र अभ्यासका आधारमा यथाशीघ्र टुंग्याउने र आफूहरूले न्याय पाउने विश्वाससमेत उनले व्यक्त गरेका छन् । आवेग, उत्तेजना र आरोप–प्रत्यारोपबाट नभई संयमता, धैर्य र आत्मीयताका साथ पार्टीलाई सबै तहमा सबल र लोकप्रिय बनाउने उनले बताएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।