- आज प्रतिनिधि सभा अन्तर्गत अर्थ समितिको बैठक बस्दैछ भने संयुक्त समिति संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ ।
काठमाण्डौ, ०५ भाद्र । आज संघीय संसदका दुई समितिको बैठक बस्दैछ । आज प्रतिनिधि सभा अन्तर्गत अर्थ समितिको बैठक बस्दैछ भने संयुक्त समिति संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ ।
आज बिहान साढे ९ बजेदेखि शुरु हुने अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल जारी रहने समितिले जनाएको छ । बैठकमा अर्थमन्त्री, सचिव, कानुन सचिव र नेपाल राष्ट्र बैंकका प्रतिनिधिलाई समेत बोलाइएको समितिले जनाएको छ ।
बिहान साढे ९ बजेदेखि बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा सुचना माग भएको विषय र अभिमुखीकरण कार्यक्रम सम्बन्धमा छलफलको कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।