व्यक्तिले दिएको समर्थन दलको हुँदैन, मुख्यमन्त्रीमा कसैको दाबी पुग्दैनः राप्रपा प्रवक्ता

४ भाद्र, २०८३, बिहिवार
सारांश
  • श्रेष्ठले बागमती प्रदेशमा राप्रपाका १२ सांसद रहेको अवस्थामा एकजनाले मात्रै छुट्टै समर्थन दिनुको कुनै अर्थ नहुने जिकिर गरेका हुन् ।

काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहन कुमार श्रेष्ठले बागमती प्रदेश सरकार गठनको प्रक्रियामा एकजना सांसदले दिएको समर्थनलाई दलको समर्थन मान्न नसकिने बताएका छन् ।

 

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै श्रेष्ठले बागमती प्रदेशमा राप्रपाका १२ सांसद रहेको अवस्थामा एकजनाले मात्रै छुट्टै समर्थन दिनुको कुनै अर्थ नहुने जिकिर गरेका हुन् ।

 

प्रवक्ता श्रेष्ठले संसदीय दलको बैठक नै नबसी कसैलाई समर्थन गर्ने निर्णय हुनु विधान विपरीत र अनधिकृत भएकोसमेत बताएका छन् । उनले भनेका छन्, ‘संसदीय दलको नेताको लेटरप्याडमा दिइएको भनिएको कथित समर्थनमा दलकै समर्थन छैन, किनकि समर्थनको एजेण्डामा संसदीय दलको बैठक बसेकै छैन ।’

 

राप्रपाका अन्य सांसदहरूको समर्थनबिना कुनै पनि उम्मेदवारको मुख्यमन्त्री बन्ने दाबी अपुरो हुने श्रेष्ठको भनाइ छ । उनले यदि एकजना सांसदको मात्र समर्थनलाई आधार मान्ने हो भने मुख्यमन्त्रीका लागि आवश्यक पर्ने बहुमत नपुग्ने र त्यस्तो दाबीको कुनै संवैधानिक औचित्य नरहने स्पष्ट पारेका छन् ।

 

राप्रपाले यस विषयमा प्रदेश प्रमुखलाई समेत औपचारिक जानकारी गराइसकेको श्रेष्ठले बताएका छन् । पार्टी केन्द्र, पार्टी अध्यक्ष र संसदीय दलका प्रमुख सचेतकले अनधिकृत हस्ताक्षरलाई मान्यता नदिन प्रदेश प्रमुखलाई आग्रह गरिसकेको उनले जानकारी दिए।

 

उनले लेखेका छन्, ‘अनाधिकृत हस्ताक्षरलाई मान्यता नदिन पार्टी केन्द्र, पार्टी अध्यक्ष र संसदीय दलको प्रमुख सचेतकले प्रदेश प्रमुखलाई आग्रह गरिसकेको छ । परिपक्व प्रदेश प्रमुखले अख्तियारको दुरुपयोग गर्नुहुने छैन भन्ने विश्वास छ ।’

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार