कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

३ भाद्र, २०८३, बुधवार
सारांश
  • आजको मत विभाजन प्रक्रियामा ३६ सांसद सहभागी भएकोमा प्रस्तावको पक्षमा २१ र विपक्षमा १३ मत परेको थियो ।  त्यस्तै २ मत तटस्थमा परेको थियो ।

सुर्खेत:  कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् ।

 

मुख्यमन्त्री शाहीको विश्वासको मतको पक्षमा २१ मत परेको थियो, जुन ४० सदस्यीय प्रदेश सभामा बहुमतका लागि आवश्यक संख्या हो । 

 

आजको मत विभाजन प्रक्रियामा ३६ सांसद सहभागी भएकोमा प्रस्तावको पक्षमा २१ र विपक्षमा १३ मत परेको थियो ।  त्यस्तै २ मत तटस्थमा परेको थियो । 

 

गत १२ साउनमा नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका शाहीले अहिलेसम्म मन्त्रिपरिषद्को विस्तार भने गर्न सकेका छैनन् । आजै प्रदेश सभाको बैठक अघि सत्ता गठबन्धनमा रहेको एमालेसँग मन्त्रालयको भागबण्डामा कुरा मिलेकाले छिट्टै सरकार विस्तार हुने अनुमान गरिएको छ । सहमति अनुसार नेकपा र एमालेले ३-३ मन्त्रालय लिने सहमत भएका छन् ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार