पार्टीको निर्देशनबिना सत्ता केन्द्रित गतिविधिमा संलग्न नहुन प्रदेश सांसदलाई राप्रपाको निर्देशन

२० श्रावण, २०८३, बुधवार
सारांश
  • प्रदेश सरकारका सम्बन्धमा उपयुक्त समयमा पार्टीको निर्देशन दिने उनले बताए।

काठमाडौंं: राप्रपाले प्रदेश सरकार निर्माणको गणितीय चलखेलमा नलाग्ने निर्णय गरेको छ। आज बसेको कार्यसम्पादन समिति बैठकले सत्ताको चलखेलमा राप्रपा सामेल नहुने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले बताए।

 

उनले भने– प्रदेश सरकारहरू अहिले पनि कांग्रेस, एमाले र नेकपा मिलेर निर्माण गरुन् भन्ने हाम्रो धारणा रहेको छ। प्रदेश सरकारको सम्बन्धमा कुनै निर्णय लिनुपर्ने अवस्था सिर्जना भएमा पार्टीको बृहत्तर हितलाई ध्यान दिई उपयुक्त समयमा उपयुक्त निर्णय लिने जिम्मेवारी अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रदान गरिएको छ।

 

प्रदेश सरकारका सम्बन्धमा उपयुक्त समयमा पार्टीको निर्देशन दिने उनले बताए। पार्टीको निर्देशन बिना सत्ता केन्द्रित कुनै गतिविधिमा सहभागी नहुन सबै प्रदेशको संसदीय दल र प्रदेशसभाका सांसदहरूलाई बैठक निर्देशन दिएको छ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !

अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।

थप समाचार