- असार ३१ गते बसेपछि दुई साताका लागि स्थगित भएको संसद बैठक आज बस्न लागेको हो ।
काठमाण्डौ, १४ श्रावण । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । असार ३१ गते बसेपछि दुई साताका लागि स्थगित भएको संसद बैठक आज बस्न लागेको हो । आजको बैठक बिहान ११ बजेदेखि शुरु हुने तालिका छन् ।
आजको बैठकमा व्यवस्थापन कार्य अन्तर्गत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थसम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने बिधेयक, २०८३ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
त्यसैगरी आजको बैठकमा सभामुखले प्रतिनिधि सभाका पूर्व सदस्य एवम् संविधान सभा सदस्य गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।