सरकार कालो कोठामा बसेर चिहाएको महसुस हुदैछ- आरेन राई

१४ श्रावण, २०८३, बिहिवार
सारांश
  • सांसद राईले कुनै पनि समुदायलाई लक्षित गरेर सामग्री प्रकाशन गर्न सबैलाई आग्रह गर्दै सरकारले आधिकारीक धारणा नआएको भन्दै आलोचना गरे ।

काठमाडौँ: श्रम संस्कृति पार्टीका सांसद आरेन राईले देशमा हिंसा हुने अवस्था बन्दा सरकार बेखबर भएको बताएका छन् ।

 

प्रतिनिधि सभाको बैठकमा बोल्दै राईले देशमा अशान्त भएको, दिउसै गोली चलेर ज्यान जादा सरकार बेखबर भएको भन्दा बाहिर निस्किन आग्रह गरेका हुन् ।

 

सांसद राईले कुनै पनि समुदायलाई लक्षित गरेर सामग्री प्रकाशन गर्न सबैलाई आग्रह गर्दै सरकारले आधिकारीक धारणा नआएको भन्दै आलोचना गरे ।

 

संसदमा गृहमन्त्री उपस्थित नभएको भन्दै सरकार कालो कोठामा बसेर चिहाएको महसुस भएको उनले बताए ।

 

उनले बल प्रयोग गरेर समस्याको समाधान नहुने भन्दै जेनजी आन्दोलन यसको ताजा उदाहारण रहेको बताए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न

प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।

थप समाचार