रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दै, यस्ता छन् एजेण्डा
२०८३ श्रावण १३ बुधवार
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आज बस्दैछ ।
काठमाण्डौ, १३ श्रावण । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आज बस्दैछ ।
पार्टीका महामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठक आज बिहान ११ बजे वनस्थलीस्थित घन्टी घरमा रहेको केन्द्रीय कार्यालयमा बस्ने गरि बोलाइएको हो ।
बैठकमा सम्पन्न महाधिवेशनको समग्र समीक्षा, आवश्यक कार्यविधिको तर्जुमा तथा परिमार्जन, सांगठनिक व्यवस्थापन र मनोनयनका विषयमा छलफल हुने आचार्यले जानकारी दिए । साथै आगामी अभियान तथा कार्यक्रम सञ्चालन र समसामयिक विषयमा पनि बैठकले निर्णय गर्ने कार्यसूची रहेको जनाइएको छ ।
रास्वपाले सम्बन्धित सबै केन्द्रीय समिति सदस्यलाई निर्धारित समयमै बैठकमा उपस्थित हुन आग्रह गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।