रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दै, यस्ता छन् एजेण्डा
२०८३ श्रावण १३ बुधवार
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आज बस्दैछ ।
काठमाण्डौ, १३ श्रावण । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आज बस्दैछ ।
पार्टीका महामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठक आज बिहान ११ बजे वनस्थलीस्थित घन्टी घरमा रहेको केन्द्रीय कार्यालयमा बस्ने गरि बोलाइएको हो ।
बैठकमा सम्पन्न महाधिवेशनको समग्र समीक्षा, आवश्यक कार्यविधिको तर्जुमा तथा परिमार्जन, सांगठनिक व्यवस्थापन र मनोनयनका विषयमा छलफल हुने आचार्यले जानकारी दिए । साथै आगामी अभियान तथा कार्यक्रम सञ्चालन र समसामयिक विषयमा पनि बैठकले निर्णय गर्ने कार्यसूची रहेको जनाइएको छ ।
रास्वपाले सम्बन्धित सबै केन्द्रीय समिति सदस्यलाई निर्धारित समयमै बैठकमा उपस्थित हुन आग्रह गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच भेटवार्ता, उच्च शिक्षामा सहकार्य विस्तारबारे छलफल
-
विराटनगरमाथि चितवन राइनोजको रोमाञ्चक जित
-
अनलाइन ट्रोल र दुर्व्यबहारविरुद्ध रश्मिका र विजयको उजुरी
-
नेप्सेमा सामान्य वृद्धि, ५ अर्ब ७९ करोडको कारोबार
-
सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।