- सुनसरीमा भएको घटनालगायत समसामयिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्बदलीय बैठक आज बिहान बस्दैछ ।
काठमाण्डौ, १३ श्रावण । सुनसरीमा भएको घटनालगायत समसामयिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्बदलीय बैठक आज बिहान बस्दैछ ।
पार्टीका अनुसार बैठक आज बिहान ८ बजे प्रतिनिधिसभाको लेखा समितिको बैठक कक्षमा बस्नेछ । छलफलमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका साथै उपेन्द्र यादव, महन्थ ठाकुर र चन्द्रकान्त (सीके) राउत नेतृत्वका दललाई पनि आमन्त्रण गरिएको छ ।
सभापतिको सचिवालयका अनुसार सबै दललाई औपचारिक पत्राचार गरिसकिएको छ । साथै सभापति लामिछानेले विभिन्न दलका नेताहरूसँग आफैं टेलिफोनमार्फत सम्पर्क गरेर बैठकमा सहभागी हुन आग्रह गरेका छन् ।
रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले सुनसरीको अत्यन्तै संवेदनशील र दुःखद घटनापछि उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै बैठक आयोजना गरिएको बताएका छन् ।
उनका अनुसार प्रशासनले सामाजिक सद्भाव, शान्ति र सुरक्षालाई कायम राख्न प्रयास गरिरहेको वर्तमान अवस्थामा राजनीतिक दलहरूबाट पनि साझा सन्देश र अपिल आवश्यक रहेको ठहर गर्दै सर्वदलीय छलफलको आयोजना गरिएको हो।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।