- सुनसरीमा भएको घटनालगायत समसामयिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्बदलीय बैठक आज बिहान बस्दैछ ।
काठमाण्डौ, १३ श्रावण । सुनसरीमा भएको घटनालगायत समसामयिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्बदलीय बैठक आज बिहान बस्दैछ ।
पार्टीका अनुसार बैठक आज बिहान ८ बजे प्रतिनिधिसभाको लेखा समितिको बैठक कक्षमा बस्नेछ । छलफलमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका साथै उपेन्द्र यादव, महन्थ ठाकुर र चन्द्रकान्त (सीके) राउत नेतृत्वका दललाई पनि आमन्त्रण गरिएको छ ।
सभापतिको सचिवालयका अनुसार सबै दललाई औपचारिक पत्राचार गरिसकिएको छ । साथै सभापति लामिछानेले विभिन्न दलका नेताहरूसँग आफैं टेलिफोनमार्फत सम्पर्क गरेर बैठकमा सहभागी हुन आग्रह गरेका छन् ।
रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले सुनसरीको अत्यन्तै संवेदनशील र दुःखद घटनापछि उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै बैठक आयोजना गरिएको बताएका छन् ।
उनका अनुसार प्रशासनले सामाजिक सद्भाव, शान्ति र सुरक्षालाई कायम राख्न प्रयास गरिरहेको वर्तमान अवस्थामा राजनीतिक दलहरूबाट पनि साझा सन्देश र अपिल आवश्यक रहेको ठहर गर्दै सर्वदलीय छलफलको आयोजना गरिएको हो।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।