कांग्रेसले विपद् व्यवस्थापनसम्बन्धी तीनदिने विशेष प्रशिक्षण सञ्चालन गर्ने
१२ श्रावण, २०८३, मगलवार
- नेपाली कांग्रेसले उक्त प्रशिक्षणमार्फत विपद्पूर्व तयारी, सचेतना, उद्धार तथा प्रतिकार्यमा सक्रिय रूपमा परिचालन हुन सक्ने दक्ष युवा स्वयंसेवक तयार हुने विश्वास व्यक्त गरेको छ।
काठमाडौँ: नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले प्राकृतिक विपद् व्यवस्थापनसम्बन्धी तीनदिने विशेष प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
प्रतिष्ठानको साउन १० र ११ गते बसेको छैटौँ बैठकले विपद् व्यवस्थापनका क्षेत्रमा दक्ष जनशक्ति तयार गर्ने उद्देश्यसहित साउन १५ देखि १७ गतेसम्म काठमाडौँमा विशेष प्रशिक्षण आयोजना गर्ने निर्णय गरेको हो ।
प्रतिष्ठानका अनुसार पहिलो चरणमा इच्छुक आवेदकमध्ये छनोट गरिएका ४० जना युवाले प्रशिक्षणमा सहभागी हुनेछन्। प्रशिक्षणमा प्राकृतिक विपद् व्यवस्थापनसम्बन्धी सैद्धान्तिक ज्ञानका साथै प्राविधिक सीप र व्यावहारिक अभ्याससमेत गराइनेछ।
कार्यक्रममा प्राकृतिक विपद्का क्षेत्रमा लामो समयदेखि स्वदेश तथा विदेशमा कार्यरत विषयविज्ञहरूले प्रशिक्षकका रूपमा सहजीकरण गर्नेछन् ।
नेपाली कांग्रेसले उक्त प्रशिक्षणमार्फत विपद्पूर्व तयारी, सचेतना, उद्धार तथा प्रतिकार्यमा सक्रिय रूपमा परिचालन हुन सक्ने दक्ष युवा स्वयंसेवक तयार हुने विश्वास व्यक्त गरेको छ।
प्रतिष्ठानले आगामी दिनमा ‘हरेक जिल्लामा विपद् व्यवस्थापन स्वयंसेवक’ भन्ने अवधारणाअनुसार देशभर स्वयंसेवक सञ्जाल विस्तार गर्ने योजना रहेको जनाएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
यूएन महासभामा प्रधानमन्त्री नजाने, नेपालका तर्फबाट परराष्ट्रमन्त्री खनालले गर्ने नेतृत्व
-
गोपालमानको शोकमा कांग्रेसले तीन दिन झण्डा आधा झुकाउने, भोलि सबै कार्यालय बन्द
-
प्रदेशले संघीय कानुनविपरीत सेवा संरचना बनाउन नपाउने : सर्वोच्च
-
सुनसरी घटनाबारे सर्वदलीय बैठकको संयुक्त अपिल, सामाजिक सद्भाव जोगाउन सबै दल एकजुट
-
रास्वपाले बोलाएको सर्बदलीय बैठक बस्दै
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।