- बैठकमा काठमाडौं उपत्यकामा उपलब्ध केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य रूपमा उपस्थित हुन निर्देशनसहित अनुरोध गरिएको छ ।
काठमाडौँ: नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको उपचारका क्रममा निधन भएपछि पार्टीले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ।
पार्टीका कामु मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी सूचनाअनुसार शोक प्रस्ताव पारित गर्न साउन १३ गते बिहान ८: ३० बजे ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्नेछ ।
बैठकमा काठमाडौं उपत्यकामा उपलब्ध केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य रूपमा उपस्थित हुन निर्देशनसहित अनुरोध गरिएको छ ।
यसैबीच, वरिष्ठ नेता श्रेष्ठको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि साउन १३ गते बिहान ९ बजेदेखि ११ बजेसम्म नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा राखिने कार्यक्रम तय गरिएको छ ।
श्रद्धाञ्जली कार्यक्रमपछि उनको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा लगेर अन्त्येष्टि गरिने नेपाली कांग्रेसले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।