सभामुखले जेठ १७ गते संसदमा भएको घटनाको छानबिन प्रतिवेदन कार्यान्यवन गर्दै
२४ आषाढ़, २०८३, बुधवार
- सभामुख अर्यालले चैत १८ गते प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ समिति गठन गरेका थिए । समितिले जेठ २५ गते नै प्रतिवेदन सभामुखलाई बुझाएको थियो ।
काठमाडौँ: सभामुख डिपी अर्यालले जेठ १७ गते प्रतिनिधि सभामा भएको घटनाको छानबिन प्रतिवेदन कार्यान्यवन अगाडी बढाएका छन् ।
संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार प्रतिनिधि सभाबाट नियमावली पारित गर्ने क्रममा जेठ १७ गते भएको संसदमा भएको झडप बारे जाँचबुझ गर्न गठित समितिले बुझाएको दिएको प्रतिवेदन अध्ययनपछि सभामुख अर्यालले कार्यान्वयन अघि बढाएका हुन् ।
सभामुख अर्यालले चैत १८ गते प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ समिति गठन गरेका थिए । समितिले जेठ २५ गते नै प्रतिवेदन सभामुखलाई बुझाएको थियो ।
यस विषयमा संसद सचिवालयले भनेको छ- 'प्रतिनिधि सभाको मिति २०८३ साल जेठ १७ गतेको प्रतिनिधि सभाको बैठकमा उत्पन्न परिस्थितिका सम्बन्धमा सम्माननीय सभामुखलाई प्राप्त हुनआएको जानकारी र मिति २०८३ साल जेठ १८ गते सो विषयका सम्बन्धमा मुचुल्कासमेत तयार भइसकेको आधारमा आवश्यक थप जाँचबुझ गरी ७ (सात) दिनभित्र सभामुखसमक्ष प्रतिवेदन पेस गर्ने गरी प्रतिनिधि सभाको मिति २०८३ जेठ १८ गतेको बैठकमा सम्माननीय सभामुखले प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारी संयोजक एवम् सङ्घीय संसद् सचिवालयको आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुख र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्य रहने गरी गठन भएको समितिले २०८३।०२।२५ मा सम्माननीय सभामुखसमक्ष प्रतिवेदन प्रस्तुत गरिसकेको र सम्माननीय सभामुखबाट उक्त प्रतिवेदन अध्ययनपश्चात् आवश्यक कार्यान्वयनका लागि सचिवालयलाई प्राप्त भएको बेहोरा जानकारी गराइन्छ ।'
प्रतिवेदनले संसदमा ठुलो नोक्सानी नभएपनि अमर्यादित गतिबिधि भएको निष्कर्ष निकालेको बताइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
इजरायलमा सरकार गठनका लागि लिकुड र याशारबीच छलफलमा मतभेद
-
रास्वपा सांसद आशिका तामाङ र केपी खनालबीच किन भयो विवाद ?
-
दुई दिने भारत भ्रमण सकेर प्रधानमन्त्री शाह स्वदेश फर्किदैँ
-
नेपाल–भारतले जारी गरेको ‘विकसित भारत र समुन्नत नेपाल: साझेदारीको पुनर्कल्पना’ मा के के छ ?
-
प्रधानमन्त्री शाह र भारतीय राष्ट्रपति मुर्मूबीच शिष्टाचार भेट
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।