सरकारले जनताको लाइफभन्दा सामाजिकको लाइकलाई महत्व दियो- गगन थापा

२१ आषाढ़, २०८३, आइतवार
सारांश
  • सभापति थापाले अव्यवस्थित वसोबासीको समस्या समाधान गर्ने कुरामा पुराना पार्टीहरुको कुनै विमति नभए पनि सरकारले सुकुम्बासीहरुलाई व्यवस्थापन गर्ने कुरामा आवश्यक प्रक्रिया अवलम्बन गर्न चुकेको भन्दै आलोचना गरेका छन् ।

काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले नागरिकको जनजीविकाको चिन्ता नगरेको भन्दै आलोचना गरेका छन् ।

 

सरकारको १०० दिनको उपलब्धी सार्वजनिक भएपछि कांग्रेसले आयोजना गरेको समीक्षा कार्यक्रममा बोल्दै सभापति थापाले सरकारले जनताको लाइफ भन्दा सामाजिकको लाइकलाई महत्व दिएको बताए हुन् । 

 

सभापति थापाले अव्यवस्थित वसोबासीको समस्या समाधान गर्ने कुरामा पुराना पार्टीहरुको कुनै विमति नभए पनि सरकारले सुकुम्बासीहरुलाई व्यवस्थापन गर्ने कुरामा आवश्यक प्रक्रिया अवलम्बन गर्न चुकेको भन्दै आलोचना गरेका छन् । 

 

सभापति थापाल रासवपाले दलित समुदायसँग माफी मागेको कुरा आफूहरुले समेत स्वागत गरेको बताउदै दलित समुदायहरुसँग सरकारले माफी माग्दै गर्दा उनीहरुको जीवनलाई सहज बनाउन के गरियो भन्ने प्रश्न आएको बताए ।  सभापति थापाले सरकारले यसपटक परीक्षाफल छिटो प्रकाशित गरेको भए पनि छिटो नतिजा प्रकाशन गर्दै गर्दा अहिले पनि सयौं विद्यार्थीहरु अहिले माइतीघर मण्डलामा नारा लगाएर बस्नु परेको अवस्था रहेको टिप्पणी गरे ।

 

सभापति थापाले सरकारको काम गर्ने शैली र प्रक्रियाको विषयमा आपति जनाउदै डेमोक्रेसीमा सरकार प्रतिनिधि मात्र भएकाले प्रक्रिया अनुसार नै चल्नु पर्ने धारणा राखेका छन् ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार