मुस्ताङमा युरेनियम उत्खनन गर्न कसैसँग सम्झौता भएको छैन- मन्त्री खनाल
२०८३ अषाढ़ १७ बुधबवार
- अमेरिकी सेनाबीच सम्झौता भएको भएको भन्ने सार्बजनिक चर्चाको विषयमा कुनै सत्यता नभएको स्पष्ट गरेका हुन् ।
काठमाडौँ: परराष्ट्रमन्त्री शिशिर खनालले मुस्ताङमा युरेनियम धातुको उत्खनन गर्न कसैसँग सम्झौता नगरेको स्पष्ट गरेका छन् ।
बुधबार राष्ट्रिय सभाको बैठकमा सांसदले सोधेका प्रश्नको जवाफ दिदै मन्त्री खनालले मुस्ताङ जिल्लामा युरेनियम धातुको उत्खनन गर्न नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भन्ने सार्बजनिक चर्चाको विषयमा कुनै सत्यता नभएको स्पष्ट गरेका हुन् ।
उनले भने- 'मुस्ताङ जिल्लामा युरेनियम धातुको उत्खनन गर्न नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भएको भन्ने सार्बजनिक चर्चाको विषयमा कुनै सत्यता नभएको जानकारी गराउन चाहन्छु । यो क्षेत्रमा खानी उत्खनन सम्बन्धि कसैसँग कुनै प्रकारको सहमति र सम्झौता भएको छैन । यस सम्बन्धि केहि डिजिटल मिडियामा गरिएको दाबि नेपाल सरकारका सम्बन्धित निकायले खण्डन समेत गरेका छन् ।'
मन्त्री खनालले नेपालको संबिधानको धारा २७९ को प्राकृतिक स्रोत तथा त्यसको उपयोग सम्बन्धमा भएको व्यवस्थाप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । साथै उनले नेपालले आफ्नो असंलग्न परराष्ट्र नीति र पन्चशीलको सिद्धान्तको प्रतिकुल हुने गरि कुनै पनि सम्झौताहरु नगर्ने विषय समेत स्पष्ट गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
काठमाडौँमा आज ६ हजार ८०२ सिलिन्डर ग्यास बिक्री, भोलि सात स्थानबाट वितरण हुने
-
कांग्रेस संस्थापन इतर समुहको राष्ट्रिय भेला: बन्द सत्रमा प्रस्तुत प्रतिवेदनमा के छ ?
-
अर्बपति बेजोसले किने लिभरपुल फुटबल क्लब
-
इन्डोनेसिया भूकम्प: दर्जनौं पराकम्पन, १४ जनाको मृत्यु
-
विशेष महाधिवेशनको पक्षमा थिइनँ, अदालतले न्याय दिनेछ : देउवा
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।