साउदी अरबले ३३ नेपाली कैदीबन्दीलाई दियो माफी, छिट्टै नेपाल फर्किदै

१६ आषाढ़, २०८३, मगलवार
सारांश
  • मन्त्रालयले रियादस्थित नेपाली दूतावासमार्फत गरेको अनुरोधका आधारमा साउदी अरब सरकारले ३३ जना नेपाली कैदीबन्दीलाई शाही आममाफी दिएको बताएको छ ।

काठमाडौं । साउदी अरबले ३३ नेपाली नागरिकको कैद माफ गरेको छ ।

 

रमजानको अवसरमा साउदी सरकारले जेलमा रहेका ३३ नेपाली नागरिकलाई शाही आममाफी प्रदान गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

 

मन्त्रालयले साउदी अरब सरकारप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दै यो निर्णयलाई नेपाल र साउदी अरबबीच लामो समयदेखि कायम रहेको मित्रता, सद्भाव र सौहार्दपूर्ण द्विपक्षीय सम्बन्धको प्रतीकका रूपमा लिएको जनाएको छ ।

 

मन्त्रालयले रियादस्थित नेपाली दूतावासमार्फत गरेको अनुरोधका आधारमा साउदी अरब सरकारले ३३ जना नेपाली कैदीबन्दीलाई शाही आममाफी दिएको बताएको छ ।

 

आममाफी पाएका नेपालीहरू साउदी अरबको कानुनी प्रक्रिया पूरा भएपछि स्वदेश फर्कने मन्त्रालयले जनाएको छ ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर

एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।

थप समाचार