- ओलीले एन्फामा सरकारी हस्तक्षेप भएको दाबी गर्दै त्यसकै परिणामस्वरूप अन्तर्राष्ट्रिय प्रतिबन्धको अवस्था सिर्जना भएको आरोप लगाए । यस्तो अवस्थाको अन्त्य गरी खेलकुद संस्थाहरूलाई स्वतन्त्र र व्यवस्थित रूपमा सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए ।
काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको हस्तक्षेपका कारण नेपाल फुटबल संघ (एन्फा) अन्तर्राष्ट्रिय प्रतिबन्धको अवस्थामा पुगेको आरोप लगाएका छन् ।
मंगलबार नेपाल खेलकुद महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले विश्व फुटबलमा नेपालभन्दा साना तथा विकासशील देशहरूले उल्लेखनीय प्रदर्शन गरिरहेको अवस्थामा नेपाली फुटबल भने अन्तर्राष्ट्रिय प्रतिबन्धको अवस्थासम्म पुग्नु दुःखद भएको बताउदै सरकारको हस्तक्षेपका कारण यस्तो अवस्था आएको बताए ।
ओलीले एन्फामा सरकारी हस्तक्षेप भएको दाबी गर्दै त्यसकै परिणामस्वरूप अन्तर्राष्ट्रिय प्रतिबन्धको अवस्था सिर्जना भएको आरोप लगाए । यस्तो अवस्थाको अन्त्य गरी खेलकुद संस्थाहरूलाई स्वतन्त्र र व्यवस्थित रूपमा सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए । सरकारले खेल क्षेत्रलाई सहयोग गर्नुको सट्टा हस्तक्षेप गरेको आरोप दोहोर्याउँदै ओलीले एन्फा अन्तर्राष्ट्रिय प्रतिबन्धको अवस्थामा पुग्नु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे । उनले खेलकुद क्षेत्रको वर्तमान अवस्था सुधार गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने आवश्यकता पनि औँल्याए ।
उनले खेलाडीलाई योग्यता, क्षमता र प्रतिस्पर्धाका आधारमा अवसर दिनुपर्ने बताउँदै क्षमता अनुसारको खेलमा प्रोत्साहन गर्न सके मात्रै राम्रो नतिजा हासिल गर्न सकिने धारणा राखेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।