- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बन्द सत्र आज हुने भएको छ । प्रतिनिधि छनोटको विषय नमिलेपछि यसअघि सोमबार हुन नसकेको बन्द सत्र आज हुने भएको हो ।
काठमाण्डौ, ०९ अषाढ़ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बन्द सत्र आज हुने भएको छ । प्रतिनिधि छनोटको विषय नमिलेपछि यसअघि सोमबार हुन नसकेको बन्द सत्र आज हुने भएको हो ।
रास्वपा नेता मनिष झाले आज अपराहन्नदेखि बन्द सत्र हुने जानकारी दिएका छन् । महाधिवेशनको कार्यतालिका अनुसार सोमबार बिहान सुरु हुनुपर्ने बन्दसत्र पटक पटक सारिएपनि आज विवाद मिल्न सकेन । अब विवाद मिलाएर मंगलबार अपराहन्न बन्द सत्र गर्ने तयारी गरिएको बताइएको छ ।
उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा हुने बन्द सत्रमा अनुशासन आयोगले प्रतिवेदन, आर्थिक प्रतिवेदन, संगठनात्मक प्रतिवेदन र राजनीतिक प्रतिवेदन पेश गरेर छलफलपछि प्रतिवेदन पारित गरेपछि पार्टीको अन्तरिम व्यवस्थापन समिति घोषणा गरेर आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई दिने र निर्वाचनको प्रक्रिया शुरु हुने बताइएको छ ।
महाधिवेशन प्रतिनिधिको नामावली सच्याउन समय लागेका कारण बन्द सत्र शुरु हुन नसकेको रास्वपा नेताहरुले बताएका छन् । बिहानैदेखि बन्दसत्र स्थल उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा सोमबार बिहान देखि नै महाधिवेशन प्रतिनिधिहरु उपस्थित भएका थिए । कतिपयले उम्मेदवारी घोषणा गरेर मत माग्न समेत शुरु गरेको देखिएको थियो ।
आज बन्द सत्र हुन नसकेपछि रास्वपाको महाधिवेशनको कार्यतालिका प्रभावित हुने भएको छ र महाधिवेशन लम्बिने भएको छ । रास्वपाको यस प्रथम महाधिवशेनले नयाँ कार्यसमिति समेत चयन गर्ने छ । महाधिवेशनको सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार उद्घाटन गरेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
विश्वकपमा मेसी, एम्बाप्पे र हालाण्ड चम्किदा रोनाल्डो चुके !
-
मेस्सीको जादुमयी ह्याट्रिकमा अर्जेन्टिनाको सानदार जित
-
मस्कको न्युरालिंकलाई पछि पार्दै चीनमा मस्तिष्क चिप ‘निओ’ लाई व्यावसायिक अनुमति
-
सिंहदरबार भित्रको सेन्ट्रल क्यान्टिनमा कुहिएको अण्डा र घुन लागेको दाल, दुई लाख जरिवाना
-
एप्पलको सिरी एआईको नयाँ रूप सार्वजनिक, टिम कुकको बिदाइ
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।