रास्वपाको महाधिवेशनको दोस्रो दिन: आज उम्मेदवारको मनोनयन दर्ता हुँदै
२०८३ अषाढ़ ०८ सोमवार
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको दोस्रो दिन आज उम्मेदवारी मनोनयनदेखि अन्तिम नामावली प्रकाशनसम्मका सम्पूर्ण प्रक्रियाहरू गरिँदैछ ।
काठमाण्डौ, ०८ अषाढ़ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको दोस्रो दिन आज उम्मेदवारी मनोनयनदेखि अन्तिम नामावली प्रकाशनसम्मका सम्पूर्ण प्रक्रियाहरू गरिँदैछ ।
निर्वाचन आयोगले सार्बजनिक गरेको कार्यतालिका अनुसार आज दिउँसो १ बजेदेखि निर्वाचन आयोगको सम्पर्क सचिवालयबाट उम्मेदवारी मनोनयनका लागि फारम वितरण सुरु हुनेछ भने दिउँसो २ बजेदेखि ४ बजेसम्म मनोनयनपत्र दर्ता गर्ने समय तोकिएको छ ।
मनोनयन दर्ता गर्दा आयोगले सभापतिमा ५१ हजार शुल्क, एक जना प्रस्तावक र ५१ जना समर्थक हुनुपर्ने तोकेको छ भने पदाधिकारीमा उम्मेदवारी दिनेले ४१ हजार शुल्क, एक प्रस्तावक र २१ जना समर्थक हुनुपर्ने तोकेको छ । त्यसैगरी केन्द्रीय सदस्यका लागि २१ हजार शुल्क, एक जना प्रस्तावक र २१ जना समर्थक हुनुपर्ने तोकिएको छ ।
त्यस्तै, आयोगले उम्मेदवारी दर्ता गर्दा मनोनयन पत्रसहित, उम्मेदवारी शुल्क बुझाएको रसिद, अनुशासन कारवाहीमा नपरेको स्व-घोषणा पत्र, पार्टी सदस्यताको प्रतिलिपि र पासपोर्ट साइज फोटो २ प्रति आवश्यक हुने जानकारी दिएको छ ।
मनोनयन दर्ता सकिएलगत्तै साँझ ६ बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ । उक्त सूचीमा रहेका उम्मेदवारहरूविरुद्ध दाबी-विरोध गर्नका लागि साँझ ६ बजेदेखि ७ बजेसम्म एक घण्टाको समय उपलब्ध गराइनेछ । साँझ ७ बजेदेखि ९ बजेसम्म दाबी-विरोध परेका उम्मेदवारहरूमाथि आवश्यक छानबिन र जाँचबुझ गरिनेछ ।
जाँचबुझपछि उम्मेदवारी फिर्ता लिन चाहने उम्मेदवारहरूका लागि बेलुकी ९: १५ बजेसम्मको अन्तिम समय दिइनेछ र राती ११ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
पार्टीको नयाँ नेतृत्व चयनका लागि असार ९ गते पहिलो चरणको मतदान हुने कार्यतालिका छ । पार्टी सभापति र केन्द्रीय सदस्यहरूका लागि हुने उक्त मतदान बिहानको ८: ३० बजेदेखि दिउँसोको ३ बजेसम्म सञ्चालन हुनेछ ।
मतदान कार्य शान्तिपूर्ण रूपमा सम्पन्न भएको ठीक २ घण्टापछि मतगणना सुरु गरिने र लगत्तै मतपरिणामको घोषणा गरिने निर्वाचन आयोगले स्पष्ट पारेको छ । यसैबीच, पहिलो चरणको मतपरिणाम आएपछि दोस्रो चरणको उम्मेदवारी तथा अन्य थप निर्वाचन कार्यतालिका पछि प्रकाशन गरिने जानकारी समेत आयोगले दिएको छ ।
आयोगले यसअघि महाधिवेशनका लागि ४ हजार २१८ प्रतिनिधिको सूची सार्बजनिक गरिसको छ । त्यस्तै आइतबार महाधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
गृहमन्त्रीसँग छलफलपछि मृतक मेहताका आफन्त शव बुझ्न तयार
-
कांग्रेस विवाद बारे देउवा पक्षको पुनरावलोकन निवेदन अध्ययन गर्न सर्वोच्चमा इजलास गठन
-
ब्रोड पिकमा ज्यान गुमाएका गुरुङको शव आज काठमाडौं आइपुग्ने
-
होटल तथा रेष्टुरेन्टमा धुम्रपान गर्ने स्थान तोक्न काठमाडौं प्रशासनको निर्देशन
-
फिफा विवादमा अध्यक्ष इन्फान्टिनोले मागे माफी
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।