- चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको दोस्रो दिनको कार्यतालिका सार्बजनिक भएको छ ।
काठमाण्डौ, ०८ अषाढ़ । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको दोस्रो दिनको कार्यतालिका सार्बजनिक भएको छ ।
दोस्रो दिनको बन्दसत्र उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा हुदैछ । महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार आज दोस्रो सत्रको प्रारम्भ बिहान साढे ८ बजेदेखि हुनेछ । दोस्रो दिन अनुशासन आयोगले प्रतिवेदन प्रस्तुत गर्ने छ भने त्यसपछि कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने छन् । त्यसपछि १० बजेदेखि १०: ४५ बजेसम्म महामन्त्री कविन्द्र बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने छन् र त्यसमा छलफल हुने छ ।
त्यस्तै आज ११: ४५ बजेदेखि सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेश गर्ने छन् । प्रतिवेदन पारित गरेपछि पार्टीको अन्तरिम व्यवस्थापन समिति घोषणा गरेर आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई दिने महामन्त्री बुर्लाकोटीले जानकारी दिएका छन् ।
त्यसपछि रास्वपाको निर्वाचन आयोगले यस अघि सार्बजनिक गरेको कार्यतालिका अनुसारको निर्वाचनको प्रक्रिया शुरु हुने कार्यतालिका रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।