रास्वपाको प्रथम महाधिवेशन आजदेखि चितवनमा, चार हजारभन्दा बढी प्रतिनिधि सहभागी हुँदै
२०८३ अषाढ़ ०७ आइतवार
- महाधिवेशनका लागि पार्टी सभापति रवि लामिछानेसहितका नेताहरु चितवन पुगेका छन् । उद्घाटन समारोहलाई प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह ले पनि सम्बोधन गर्ने बताइएको छ ।
काठमाण्डौ, ०७ अषाढ़ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन आजदेखि चितवनमा शुरु हुँदैछ ।
चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा उद्घाटन सत्र हुनेछ भने बन्दसत्र उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा हुनेछ । महाधिवेशनका लागि पार्टी सभापति रवि लामिछानेसहितका नेताहरु चितवन पुगेका छन् । उद्घाटन समारोहलाई प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह ले पनि सम्बोधन गर्ने बताइएको छ ।
महाधिवेशनमा प्रतिनिधिको संख्या ४ हजारभन्दा बढी हुने बताइएको छ । विधानतः सभापतिले मनोनयन गर्ने संख्या २०० रहेको छ । महाधिवेशनमा कोशी प्रदेशबाट प्रतिनिधिको संख्या ५२० रहेको छ। मधेसबाट ६३०, बागमतीबाट ७९०, लुम्बिनीबाट ४९०, गण्डकीबाट ४७०, कर्णालीबाट ३६० र सुदूरपश्चिमबाट ५५० जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुने बताइएको छ ।
महाधिवेशन प्रतिनिधिका रुपमा पालिका सभापति, क्षेत्रीय सभापति र उपसभापति, जिल्ला सभापतिसहित ५ जना, प्रदेश समितिका सबै सदस्यहरु रहने व्यवस्था छ ।
यसैगरी, प्रदेशको विभाग, अनुशासन आयोग र सल्लाहकार परिषद्का पदाधिकारी प्रतिनिधि हुने व्यवस्था छ । सङ्घीय नेतृत्व मञ्चका सबै केन्द्रीय समितिका सबै, केन्द्रमा रहेको ३८ वटा विभागका ११ जनाका दरले सदस्य र केन्द्रीय निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोगका ११ जनाका दरले प्रतिनिधि हुनेछन् ।
प्रत्येक गाउँपालिकाबाट एक जना, नगरपालिकाबाट दुई जना, उपमहानगरपालिकाबाट तीन जना र महानगरपालिकाबाट चार जना प्रतिनिधि हुनेछन् । प्रदेश सम्पर्क विभागबाट तीन जनाका दरले र जिल्ला सम्पर्क विभागबाट एक–एक जनाका दरले प्रतिनिधि हुने व्यवस्था छ ।
गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाकातर्फबाट उपविजेता र समानुपातिक सूचीमा रहेका प्रतिनिधि हुनेछन् । यस्तै २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उपविजेता र समानुपातिक बन्दसूचीमा रही पार्टीमा सक्रिय भएका पनि प्रतिनिधि रहनेछन् । केन्द्रीय समितिमा नरहेका प्रतिनिधिसभा सदस्यसमेत प्रतिनिधि हुने व्यवस्था रहेको छ ।
कुन दलबाट को जाँदैछन्:
महाधिवेशनको उदघाटन सत्रमा शुभकामना दिन नेपाली काँग्रेसका सभापति गगन थापा उपस्थित हुन सक्ने महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् । उनले भने- 'सम्भवत नेपाली काँग्रेसबाट सभापति नै आउने सम्भावना छ । शत प्रतिशत टुङ्गो लागेको छैन तर उहाँ आउने सम्भावना रहेको जानकारी दिइएको छ ।' त्यस्तै नेकपा एमालेबाट प्रदीप ज्ञवाली, नेकपाबाट बर्षामान पुन र राप्रपाबाट राजेन्द्र लिङदेन सहभागी हुँदैछन् । बुर्लाकोटीले जसपा नेपाल, जनमत पार्टी र डा. बाबुराम भट्टराईलाई पनि उद्घाटन समारोहको निमन्त्रणा गरेको जानकारी दिएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
न्युजिल्यान्डलाई हराउँदै भारतले लियो पाँच खेलको सिरिजमा अग्रता
-
ओलीले आईजीपी नियुक्तिमाथि गरे व्यंग्य, भने– ‘अह्राएको गर्छ भनेर बनाएको होला’
-
अर्थमन्त्री डा. वाग्ले र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता
-
नवीकरणीय ऊर्जालाई आर्थिक समृद्धिको आधार बनाउनुपर्छ- मन्त्री श्रेष्ठ
-
डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले बनायो समिति
धेरै पढिएको
विशेष
न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !
बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।