समायोजन भएर आएकाहरूलाई अन्याय हुन नदिने रविको प्रतिबद्धता
२०८३ अषाढ़ ०७ आइतवार
- हिजो बसेको केन्द्रीय समिति बैठकमा सभापति रवि लामिछानेले समायोजन भएर आएका नेता-कार्यकर्ताहरुलाई अन्याय हुन नदिने प्रतिवद्धता व्यक्त गरेका थिए ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो महाधिवेशनबाट नया नेतृत्वको चयन गर्दा पार्टीमा विभिन्न संघ-संगठनबाट समायोजन भएर आएकाहरुलाई चुनावी प्रक्रिया बाहिरैबाट समेट्ने भएको छ । पार्टी प्रवेश गरेको छोटो समयमै चुनावी प्रतिस्पर्धामा उत्रिन कठिन हुने भएकाले उनीहरूलाई सभापतिले मनोनीत गरेर ल्याउने रणनीति अपनाइएको हो ।
आमनिर्वाचन अघि बालेन, विवेकशील साझा, खगेन्द्र सुनुवार, थरुहट लगायत विभिन्न समूहबाट रास्वपामा प्रवेश गरेका थिए । उनीहरुमध्ये केहीले सरकार र संसदमा प्रतिनिधित्व गरिरहेका छन् । तर, पार्टीमा क्रियाशील रहेर कुनै अवसर नपाएकाहरुलाई सभापतिले केन्द्रीय सदस्यमा मनोनित गर्ने तयारी गरिएको छ । यसैका लागि पार्टीको केन्द्रीय समिति १५८ सदस्यीय पुर्याइएको हो ।
हिजो बसेको केन्द्रीय समिति बैठकमा सभापति रवि लामिछानेले समायोजन भएर आएका नेता-कार्यकर्ताहरुलाई अन्याय हुन नदिने प्रतिवद्धता व्यक्त गरेका थिए ।
उनले भने, ‘तपाईंहरुको अवस्था मलाई राम्रोसँग थाहा छ । तपाईंहरूले सक्रियरूपमा पार्टीका लागि काम गरिरहनुभएको छ । तर भर्खरै संगठनमा आएर चुनावी प्रतिस्पर्धा गर्न सहज हुन्न । यसलाई पार्टीले सम्बोधन गर्ने छ ।’
स्रोतका अनुसार सभापतिले रास्वपामा आएर कुनै पनि लाभको पदमा नपुगेकाहरूलाई केन्द्रीय सदस्य मनोनयनमा प्राथमिकतामा राख्नेछन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सभापति गगन थापा पक्राउ पर्न सक्ने चर्चाबीच सौरभ राज पन्तको टिप्पणी : ‘हिरासतले नेताको व्यक्तित्व झन् निर्माण गर्छ, सरकारको होइन !’
-
सुनुवाइ समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
विदेशी मुद्राको सटहीदर: २०८३ कार्त्तिक १९ बिहीबार
-
आजको राशिफल: वि.सं. २०८३ कार्तिक १९ गते विहिबार
-
न्युजिल्यान्डलाई हराउँदै भारतले लियो पाँच खेलको सिरिजमा अग्रता
धेरै पढिएको
विशेष
न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !
बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।