- आजको बैठकमा विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफलमा उठेको प्रश्नको सम्बन्धि मन्त्रीले जवाफ र स्पष्टीकरण दिने कार्यसूची रहेको छ ।
काठमाण्डौ, ०४ अषाढ़। आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज बैठक बिहान ११ बजेदेखि शुरु हुँदैछ । आजको बैठकमा विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफलमा उठेको प्रश्नको सम्बन्धि मन्त्रीले जवाफ र स्पष्टीकरण दिने कार्यसूची रहेको छ ।
जसअनुसार आज विनियोजन विधेयक, २०८३ अन्तर्गत शिक्षा तथा खेलकुद मन्त्रालय, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको सम्बन्धित माननीय मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ ।
आजैको बैठकमा सभामुखले विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयहरूको विभिन्न शीर्षकहरूमा सांसदहरु कृपाराम राना, युवराज दुलाल, पार्वती विक, यशोदा कुमारी बराल, जोग कुमार बरबरिया यादव, गुरू प्रसाद बराल, सन्तोष सुब्बा, नीता घतानी, परशुराम तामाङ्ग, अर्जुन कुमार कार्की, मोहमद इस्तियाक राई, बलावती शर्मा, विष्णुमाया विक, यज्ञ बहादुर बोगटी, नरेन्द्र कुमार केरुङ, ऐन बहादुर महर, रमेश कुमार मल्ल, पुष्प राज कंडेल, साजिदा खातुन सिद्धिकी र पद्मा कुमारी अर्यालबाट प्रस्तुत खर्च कटौतीका प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संघिय संसद सचिवालयले जानकारी दिएको छ ।
त्यस्तै, आजको बैठकमा विनियोजन विधेयक, २०८३ का दफाहरूलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ । त्यसैगरी आजको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले 'विनियोजन विधेयक, २०८३ लाई पारित गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सुस्तामा फेरि भारतीय एसएसबी प्रवेश : निर्माणाधीन बाँध भत्काइयो, झडपमा ३ नेपाली घाइते
-
चीनमा विद्युतीय सवारीको बढ्दो प्रयोगले इन्धन खपतमा ठूलो गिरावट
-
करदाता प्रोत्साहन उपहार कार्यक्रमको पोर्टल सञ्चालनमा, बिल दर्ता गराउन आह्वान
-
इरानविरुद्धको आक्रमण रोक्ने ट्रम्पको घोषणा
-
सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।