कुटनीतिक पहल गरेर चिया निकासी खुलाउन सरकारसँग सुहाङ नेम्वाङको माग
३१ जेठ, २०८३, आइतवार
- सूर्योदय नगरपालिकामा मात्रै करिब २ हजार ९९५ किसान चिया खेतीमा संलग्न छन् भने वार्षिक करिब २ करोड किलो हरियो पत्ती उत्पादन हुने गरेको छ। उद्योगीका अनुसार करिब ३ लाख किलो चिया भारतीय गोदाममा रोकिएको र ७ लाख किलोभन्दा बढी प्रशोधित चिया नेपालकै उद्योगमा थन्किएको छ।
काठमाडौं: नेकपा एमालेका युवा नेता तथा इलाम–२ का सांसद सुहाङ नेम्वाङले भारतीय बजारमा नेपाली चियाको बिक्री र वितरणमा देखिएको अवरोधप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
उनका अनुसार इलामको सूर्योदय क्षेत्रका ५३ वटा चिया उद्योगले उत्पादन बिक्री गर्न नसक्दा गोदाम भरिएको छ र किसानलाई हरियो पत्तीको भुक्तानी गर्न समेत कठिन भएको छ । यही अवस्थाका कारण असार १ गतेदेखि उद्योग बन्द गर्ने निर्णय भएको उनले उल्लेख गरेका छन् ।
सूर्योदय नगरपालिकामा मात्रै करिब २ हजार ९९५ किसान चिया खेतीमा संलग्न छन् भने वार्षिक करिब २ करोड किलो हरियो पत्ती उत्पादन हुने गरेको छ। उद्योगीका अनुसार करिब ३ लाख किलो चिया भारतीय गोदाममा रोकिएको र ७ लाख किलोभन्दा बढी प्रशोधित चिया नेपालकै उद्योगमा थन्किएको छ।
नेम्वाङले यो समस्या तथ्याङ्कमा मात्र सीमित नभई किसानको जीवनसँग जोडिएको गम्भीर संकट भएको बताएका छन् । उनका अनुसार किसानले वर्षभर मेहनत गरेर उत्पादन गरेको चिया बिक्री नहुँदा आम्दानी रोकिएको छ र जीवनयापनमै समस्या देखिएको छ । चिया इलामका किसानका लागि केवल बाली नभई शिक्षा, स्वास्थ्य, ऋण भुक्तानी र परिवारको जीविकोपार्जनसँग जोडिएको आधार भएको उनले बताए ।
उनले उद्योग बन्द हुँदा रोजगारी, लगानी, निर्यात र विदेशी मुद्रा आर्जनमा समेत प्रत्यक्ष असर पर्ने भन्दै यो समस्या राष्ट्रिय अर्थतन्त्रसँग जोडिएको उल्लेख गरे । नेम्वाङले गुणस्तर परीक्षणको विरोध नभए पनि प्रक्रिया पारदर्शी, समयबद्ध र व्यवहारिक हुनुपर्नेमा जोड दिए ।
उनले भारततर्फको नियमअनुसार प्रयोगशाला प्रतिवेदन पाँच दिनभित्र उपलब्ध हुनुपर्ने व्यवस्था भए पनि व्यवहारमा ढिलाइका कारण चिया गोदाममै थन्किएको बताए ।
सरकारसँग उनले तत्काल उच्चस्तरीय कूटनीतिक पहल गरी रोकिएको चिया बिक्री तथा निकासी खुलाउन, भारतीय गोदाममा रोकिएका चियाको छिटो परीक्षण र बिक्री अनुमति दिन, प्रयोगशाला प्रमाणपत्रको पारस्परिक मान्यता सुनिश्चित गर्न, उद्योगलाई सहुलियतपूर्ण कर्जा र किसान भुक्तानीको व्यवस्था गर्न तथा पूर्वी नेपालमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त परीक्षण प्रयोगशाला स्थापना गर्न माग गरेका छन् ।
नेम्वाङले चियाको उत्पादन प्रशासनिक ढिलाइमा रोक्न नहुने भन्दै तत्काल परिणाममुखी कदम चाल्न सरकारलाई आग्रह गरेका छन्।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
लुम्बिनीमा अब मुख्यमन्त्री कार्यालय बाहेक ८ मन्त्रालय कायम
-
नेदरल्याण्डसले नेपाललाई दियो २२६ रनको लक्ष्य
-
आइपिएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो, बैंगलुरु सबैभन्दा मुल्यवान टिम
-
आवेदन दिनेको चाप बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा दिने
-
दुई करोडभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेका सडक इन्जिनियरविरुद्ध मुद्दा दायर
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।