कुटनीतिक पहल गरेर चिया निकासी खुलाउन सरकारसँग सुहाङ नेम्वाङको माग
३१ जेठ, २०८३, आइतवार
- सूर्योदय नगरपालिकामा मात्रै करिब २ हजार ९९५ किसान चिया खेतीमा संलग्न छन् भने वार्षिक करिब २ करोड किलो हरियो पत्ती उत्पादन हुने गरेको छ। उद्योगीका अनुसार करिब ३ लाख किलो चिया भारतीय गोदाममा रोकिएको र ७ लाख किलोभन्दा बढी प्रशोधित चिया नेपालकै उद्योगमा थन्किएको छ।
काठमाडौं: नेकपा एमालेका युवा नेता तथा इलाम–२ का सांसद सुहाङ नेम्वाङले भारतीय बजारमा नेपाली चियाको बिक्री र वितरणमा देखिएको अवरोधप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
उनका अनुसार इलामको सूर्योदय क्षेत्रका ५३ वटा चिया उद्योगले उत्पादन बिक्री गर्न नसक्दा गोदाम भरिएको छ र किसानलाई हरियो पत्तीको भुक्तानी गर्न समेत कठिन भएको छ । यही अवस्थाका कारण असार १ गतेदेखि उद्योग बन्द गर्ने निर्णय भएको उनले उल्लेख गरेका छन् ।
सूर्योदय नगरपालिकामा मात्रै करिब २ हजार ९९५ किसान चिया खेतीमा संलग्न छन् भने वार्षिक करिब २ करोड किलो हरियो पत्ती उत्पादन हुने गरेको छ। उद्योगीका अनुसार करिब ३ लाख किलो चिया भारतीय गोदाममा रोकिएको र ७ लाख किलोभन्दा बढी प्रशोधित चिया नेपालकै उद्योगमा थन्किएको छ।
नेम्वाङले यो समस्या तथ्याङ्कमा मात्र सीमित नभई किसानको जीवनसँग जोडिएको गम्भीर संकट भएको बताएका छन् । उनका अनुसार किसानले वर्षभर मेहनत गरेर उत्पादन गरेको चिया बिक्री नहुँदा आम्दानी रोकिएको छ र जीवनयापनमै समस्या देखिएको छ । चिया इलामका किसानका लागि केवल बाली नभई शिक्षा, स्वास्थ्य, ऋण भुक्तानी र परिवारको जीविकोपार्जनसँग जोडिएको आधार भएको उनले बताए ।
उनले उद्योग बन्द हुँदा रोजगारी, लगानी, निर्यात र विदेशी मुद्रा आर्जनमा समेत प्रत्यक्ष असर पर्ने भन्दै यो समस्या राष्ट्रिय अर्थतन्त्रसँग जोडिएको उल्लेख गरे । नेम्वाङले गुणस्तर परीक्षणको विरोध नभए पनि प्रक्रिया पारदर्शी, समयबद्ध र व्यवहारिक हुनुपर्नेमा जोड दिए ।
उनले भारततर्फको नियमअनुसार प्रयोगशाला प्रतिवेदन पाँच दिनभित्र उपलब्ध हुनुपर्ने व्यवस्था भए पनि व्यवहारमा ढिलाइका कारण चिया गोदाममै थन्किएको बताए ।
सरकारसँग उनले तत्काल उच्चस्तरीय कूटनीतिक पहल गरी रोकिएको चिया बिक्री तथा निकासी खुलाउन, भारतीय गोदाममा रोकिएका चियाको छिटो परीक्षण र बिक्री अनुमति दिन, प्रयोगशाला प्रमाणपत्रको पारस्परिक मान्यता सुनिश्चित गर्न, उद्योगलाई सहुलियतपूर्ण कर्जा र किसान भुक्तानीको व्यवस्था गर्न तथा पूर्वी नेपालमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त परीक्षण प्रयोगशाला स्थापना गर्न माग गरेका छन् ।
नेम्वाङले चियाको उत्पादन प्रशासनिक ढिलाइमा रोक्न नहुने भन्दै तत्काल परिणाममुखी कदम चाल्न सरकारलाई आग्रह गरेका छन्।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच भेटवार्ता, उच्च शिक्षामा सहकार्य विस्तारबारे छलफल
-
विराटनगरमाथि चितवन राइनोजको रोमाञ्चक जित
-
अनलाइन ट्रोल र दुर्व्यबहारविरुद्ध रश्मिका र विजयको उजुरी
-
नेप्सेमा सामान्य वृद्धि, ५ अर्ब ७९ करोडको कारोबार
-
सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।