रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

२०८३ जेठ ३१ आईतवार
सारांश
  • शनिबार काठमाडौँको धुम्बाराहीमा सम्पन्न निर्वाचनमा अर्यालले निवर्तमान सभापति डा. अच्युतम लामिछानेलाई दुई मतले पराजित गरेका हुन् ।

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित भएका छन् । 

 

शनिबार काठमाडौँको धुम्बाराहीमा सम्पन्न निर्वाचनमा अर्यालले निवर्तमान सभापति डा. अच्युतम लामिछानेलाई दुई मतले पराजित गरेका हुन् ।

 

रास्वपा केन्द्रीय निर्वाचन विभागका संयोजक भुवन केसीका अनुसार विजेता अर्यालले ४१६ मत र लामिछानेले ४१४ मत प्राप्त गरे । जेठ २६ गते हेटौँडामा उद्घाटन भएको बागमती प्रदेश अधिवेशन नेतृत्व चयनसम्बन्धी विवादका कारण रोकिएको थियो । सोही रोकिएको निर्वाचन प्रक्रिया शनिबार काठमाडौँमा सम्पन्न गरिएको हो । यस निर्वाचनमा प्यानल बनाएर प्रतिस्पर्धा गर्न नपाइने व्यवस्था भए पनि मुख्य उम्मेदवारबीच अघोषित रूपमा समूहगत प्रतिस्पर्धा भएको थियो । 

 

त्यस्तै बागमतीको उपसभापतिमा सुरेन्द्र भट्ट, महामन्त्रीमा मेनुका ठकुरी, सहमहामन्त्रीमा स्वस्तिका लामिछाने र मिन प्रसाद गैरे निर्वाचित भएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न

प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।

थप समाचार