- शनिबार काठमाडौँको धुम्बाराहीमा सम्पन्न निर्वाचनमा अर्यालले निवर्तमान सभापति डा. अच्युतम लामिछानेलाई दुई मतले पराजित गरेका हुन् ।
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित भएका छन् ।
शनिबार काठमाडौँको धुम्बाराहीमा सम्पन्न निर्वाचनमा अर्यालले निवर्तमान सभापति डा. अच्युतम लामिछानेलाई दुई मतले पराजित गरेका हुन् ।
रास्वपा केन्द्रीय निर्वाचन विभागका संयोजक भुवन केसीका अनुसार विजेता अर्यालले ४१६ मत र लामिछानेले ४१४ मत प्राप्त गरे । जेठ २६ गते हेटौँडामा उद्घाटन भएको बागमती प्रदेश अधिवेशन नेतृत्व चयनसम्बन्धी विवादका कारण रोकिएको थियो । सोही रोकिएको निर्वाचन प्रक्रिया शनिबार काठमाडौँमा सम्पन्न गरिएको हो । यस निर्वाचनमा प्यानल बनाएर प्रतिस्पर्धा गर्न नपाइने व्यवस्था भए पनि मुख्य उम्मेदवारबीच अघोषित रूपमा समूहगत प्रतिस्पर्धा भएको थियो ।
त्यस्तै बागमतीको उपसभापतिमा सुरेन्द्र भट्ट, महामन्त्रीमा मेनुका ठकुरी, सहमहामन्त्रीमा स्वस्तिका लामिछाने र मिन प्रसाद गैरे निर्वाचित भएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।