- बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद पुनले आफूले ७ वर्ष अघि देखि नै यस विषयमा काम गर्न खोजेको र यसको समाधान फेला नपारेको बताए । उनले रकेट बनाउने प्रविधि भए पनि बाँदर आतंक कम गर्ने कुनै प्रविधि संसारमै नभएको दाबि गरे । उनले आफुले बाँदर भगाउने प्रविधि संसारभर खोजेको समेत बताए ।
काठमाडौं: सांसद महावीर पुनले बाँदरको आतंकको समाधान अहिले संसारमै नभएको दाबि गरेका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद पुनले आफूले ७ वर्ष अघि देखि नै यस विषयमा काम गर्न खोजेको र यसको समाधान फेला नपारेको बताए । उनले रकेट बनाउने प्रविधि भए पनि बाँदर आतंक कम गर्ने कुनै प्रविधि संसारमै नभएको दाबि गरे । उनले आफुले बाँदर भगाउने प्रविधि संसारभर खोजेको समेत बताए ।
उनले भने- 'बाँदर आतंकको कुरा अहिले तपाईंहरूले उठाउनुभएको छ, मैले आजभनदा ७ वर्षअघि देखि नै उठाएको हो । राष्ट्रिय आविष्कार केन्द्रले ५०–६० लाख रुपैयाँ अनुसन्धानका लागि प्रयास गरेको हो । मैले हरेक गाउँपालिकालाई एक एक लाख उठाउनुस्, त्यसमा अनुसन्धान गरेर बाँदर आतंक कम गर्नेबारे अनुसन्धान गर्नैपर्छ भनेको हुँ । यसका लागि अनुसन्धान गर्नुपर्छ, यहाँ संसद्मा कराएर हुँदैन ।’
सांसद पुनले बाँदरको नियन्त्रणको उपाय पत्ता लगाउन अनुसन्धान गर्नुपर्ने बताउदै यसका लागि सरकारसँग बजेट छुट्याउन समेत माग गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।