नाराबाजीकै बीचमा वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित
७ जेठ, २०८३, बिहिवार
- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विधेयक विपक्षी सांसदहरुले नाराबाजी गरिरहेकै समयमा सभामुख डिपी अर्यालले प्रक्रिया अगाडी बढाएर पारित गराएका हुन् ।
काठमाडौं: बिपक्षी दलका सांसदहरुको नाराबाजीका बीचमा प्रतिनिधि सभाबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ पारित भएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विधेयक विपक्षी सांसदहरुले नाराबाजी गरिरहेकै समयमा सभामुख डिपी अर्यालले प्रक्रिया अगाडी बढाएर पारित गराएका हुन् ।
विपक्षी दलहरुले प्रधानमन्त्रीलाई संसदमा उपस्थितिका लागि रुलिङको माग गर्दै प्रतिनिधिसभा बैठकमा वेल घेराउ गरेर नाराबाजी गरेका थिए ।
विहिबारको प्रतिनिधि सभाको बैठकको शुन्य समय र विशेष समयपछि विपक्षी दलहरुले प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै विरोध शुरु गरेका थिए ।
विरोधकै बीचमा सभामुख अर्यालले संसदको कारवाही अगाडी बढाउदै प्रधानमन्त्रीका तर्फबाट कानुनमन्त्री सोविता गौतमले प्रस्तुत गरेको प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक २०८३, मतदाता नामावली (पहिलो संशोधन) विधेयक २०८३ र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ ।
अब प्रतिनिधिसभाको अर्को बैठक जेठ १२ गते मंगलबार बस्ने गरि तोकिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
यस्तो छ जितिया पर्वको पौराणिक प्रसङ्ग
तिथिको समयमा हेरफेर भएको अवस्थामा वर्तालुलाई ३६ घण्टासम्म उपवासमा बस्नुपर्ने हुन्छ । उपवासको अवधिमा थुक पनि निल्न नहुने मान्यता छ । तर, यसपल्ट उपवासको अवधि सोमबार बिहान ३ बजेदेखि शुरु भई बुधबार बिहान ८ बजेसम्म अर्थात करीब २९ घण्टा रहेको छ ।