सरकार कर्तव्यबाट भाग्यो, प्लेकार्ड हरेक दिन देखाउछौं- हर्क साम्पाङ
२०८३ जेठ ०६ बुधवार
- साम्पाङसहित श्रम संस्कृतिका सांसदहरुले लगातार संसदमा प्लेकार्ड देखाउदै सरकार संसदप्रति जवाफदेही गराउन माग गरेका छन् ।
काठमाण्डौ, ०६ जेठ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार कर्तव्यबाट भागेको आरोप लगाएका छन् ।
बुधवारको प्रतिनिधिसभाको बैठकको शुरुमा प्लेकार्ड देखाएर विरोध गरेका साम्पाङले आफूहरुले जनताको प्रश्न राख्न खोज्दा प्रधानमन्त्री र सम्बन्धित मन्त्रीहरु सदनमा सहभागी नभएर उत्तर दिने कर्तव्यबाट सरकार भागेको आरोप लगाएका हुन् ।
उनले भने- 'हाम्रो व्यक्तिगत प्रश्न नभएर जनताको प्रश्न सरकारका सम्बन्धित मन्त्रालयलाई सोध्न चाहेका छौं । सिमानाका कुरादेखि लिएर महंगी नियन्त्रणका कुरा, सहकारी पीडितलाई फिर्ता गर्दै गरेको रकमको श्रोत के हो ? कहाँबाट फिर्ता गर्दैछौं भन्ने देखि हामीले थुप्रै प्रश्न राख्न खोजेको छौं । तर सम्बन्धित मन्त्रीहरु सदनमा आउँदै नआउने । नीति तथा कार्यक्रम प्रस्तुतमा र छलफलमा पनि नआउने, उत्तर दिन पनि अर्को मान्छे तरिकाले नियमावली १५ को उपनियम २ लागू भएको देखिँदैन । हाम्रो जोडदार माग छ । यो सदन र जनताप्रति सरकार जवाफदेही हुँनैपर्छ । जनताको प्रश्न सोध्ने सदनमा सरकारको प्रतिनिधि नआउनु त्यसले के जनाउँछ ? प्रश्नको उत्तर दिने उहाँहरुको कर्तव्य हो । त्यो कर्तव्यबाट सरकार भागेको छ ।’
साम्पाङसहित श्रम संस्कृतिका सांसदहरुले लगातार संसदमा प्लेकार्ड देखाउदै सरकार संसदप्रति जवाफदेही गराउन माग गरेका छन् । सभामुख डिपी अर्यालले संसदमा प्लेकार्ड देखाउनु संसदीय मर्यादा विपरित भएको भन्दै त्यसो नगर्न चेतावनी दिएका थिए । तर साम्पाङले भने आफ्ना माग पुरा नभएसम्म हरेक दिन संसदमा प्लेकार्ड देखाउने भन्दै सभामुखलाई प्रतिनिधिसभाको नियमावली १५ को उपनियम २ लागू गर्न ध्यानाकर्षण गराएका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।