सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश शर्माको नाम अनुमोदन गर्ने तयारी, विपक्षीको आपत्ति
२०८३ जेठ ०५ मङ्गलवार
- संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज कुमार शर्माको नाम आजै अनुमोदन गर्ने तयारी गरिएको छ ।
काठमाण्डौ, ०५ जेठ । संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज कुमार शर्माको नाम आजै अनुमोदन गर्ने तयारी गरिएको छ ।
आज बिहानदेखि शुरु भएको बैठकमा उजुरी खोल्ने र कार्ययोजना वितरण गर्ने कार्यसूची रहेपनि समितिले आजै शर्माको नाम अनुमोदनको तयारी गरेको हो ।
शर्माविरुद्ध समितिले आव्हान गरेको उजुरीमा १६ वटा उजुरी परेको बताइएको छ । रास्वपाको बहुमत रहेको समितिले आजै शर्माको सुनुवाई गरेर नाम अनुमोदन गर्ने तयारी गरेपछि विपक्षी दलहरुले भने आपत्ति जनाएका छन् ।
उनीहरुले हतार र अपारदर्शी किसिमले निर्णय नगर्न आग्रह गर्दै समितिको गरिमामा प्रश्न उठ्ने बताएका छन् । एमाले संसदीय दलकी उपनेता पदमा अर्यालले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज कुमार शर्मामाथि परेका उजुरी र कार्ययोजना अध्ययन आवश्यक पर्ने भन्दै सुनवाइमा हतार नगर्न सुझाव दिएकी थिइन् ।
अर्यालले संवैधानिक परिषद्को बैठकमा राष्ट्रिय सभाका अध्यक्ष र विपक्षी दलको नेताले ‘नोट अफ डिसेन्ट’ राखेको जानकारी प्राप्त भएकाले त्यो विषयमा पनि समिति सुसूचित हुनुपर्ने बताएकी थिइन् ।
गत वैशाख २४ गतेको संवैधानिक परिषद बैठकले सर्वोच्च अदालतका चौथो वरियताका न्यायाधीश डा. मनोज शर्मालाई प्रधानन्यायाधीशमा नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त हुने कानुनी व्यवस्था छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।