- सरकारले काठमाडौं उपत्यकाबाट विस्थापित सुकुमबासीका लागि एकमुष्ट २५ हजार खर्च उपलब्ध गराउने निर्णय गरेको छ ।
काठमाण्डौ, ०५ जेठ । सरकारले काठमाडौं उपत्यकाबाट विस्थापित सुकुमबासीका लागि एकमुष्ट २५ हजार खर्च उपलब्ध गराउने निर्णय गरेको छ ।
मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले विस्थापित भएका सुकुम्बासीको विवरण रुजु गरी प्रति परिवार पुनस्थापना खर्चबापत २५ हजार एकमुष्ट रकम दिने निर्णय गरिएको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् ।
त्यस्तै, वैकल्पिक बसोबासको व्यवस्था आफैँ गर्न ५ सदस्य भएको परिवारलाई प्रति महिना १५ हजार र सोभन्दा बढी सदस्य भएकालाई प्रतिसदस्य थप २ हजारका दरले हाललाई ३ महिनाका लागि बसोबास व्यवस्थापन खर्च उपलब्ध गराइने निर्णय भएको उनले बताए ।
त्यस्तै वृद्ध, असहाय र अपाङ्गलगायत आफ्नो व्यवस्थापन गर्न नसक्ने परिवारलाई तोकिएको होल्डिङ सेन्टरमा व्यवस्था गर्ने र बालबालिका, विद्यार्थीको पठनपाठन र स्वास्थ्य सेवा स्थानीय तहसँगको समन्वयमा व्यवस्था गर्ने निर्णय भएको पोखरेलले जानकारी दिए ।
त्यसैगरी बैठकले नगरपालिका राजस्व अभिवृद्धि परियोजनाका लागि स्वीजरल्याण्ड सरकारबाट प्राप्त हुने ६. ११६ मिलियन स्वीस फ्र्यांक अनुदान तथा अरनिको राजमार्गको मर्मत सुधार गर्न चिनियाँ सरकारले प्रदान गर्ने ७९. ३६ मिलियन आरएमबी अनुदान स्वीकार गर्ने निर्णय गरेको प्रवक्ता पोखरेलले जानकारी दिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
यस्तो छ जितिया पर्वको पौराणिक प्रसङ्ग
तिथिको समयमा हेरफेर भएको अवस्थामा वर्तालुलाई ३६ घण्टासम्म उपवासमा बस्नुपर्ने हुन्छ । उपवासको अवधिमा थुक पनि निल्न नहुने मान्यता छ । तर, यसपल्ट उपवासको अवधि सोमबार बिहान ३ बजेदेखि शुरु भई बुधबार बिहान ८ बजेसम्म अर्थात करीब २९ घण्टा रहेको छ ।