- उनले भने- 'सबैलाई सँगै लिएर जाने भनेर खुलेरै भनिरहेको छु, बन्द कोठामा पनि यही कुरा दोहोर्याएको छु । अझ निहुरिएर र हात जोडेर पनि आग्रह गरेको छु । अब के गर्दा प्रयास मानिने हो ?'
काठमाडौं: नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको एकता मजबुत बनाउन आफू निरन्तर प्रयासरत रहेको बताएका छन्।
प्रजातान्त्रिक विचार समाजले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पार्टी एकताका लागि अझ के गर्नुपर्ने हो स्पष्ट रूपमा बताउन आग्रह गरेका हुन् ।
उनले भने- 'सबैलाई सँगै लिएर जाने भनेर खुलेरै भनिरहेको छु, बन्द कोठामा पनि यही कुरा दोहोर्याएको छु । अझ निहुरिएर र हात जोडेर पनि आग्रह गरेको छु । अब के गर्दा प्रयास मानिने हो ?'
नेता पूर्णबहादुर खड्काले हालै पार्टी फुटको जोखिमबारे दिएको अभिव्यक्तिप्रति संकेत गर्दै थापाले नेताहरूसँग निरन्तर संवाद भइरहेको बताए । उनले विशेष महाधिवेशनमा सहभागी भएको वा नभएको आधारमा कसैलाई अवसर नदिने नीति नहुने स्पष्ट पारेका थिए । पार्टीका कुनै पनि तहमा त्यस आधारमा निर्णय नहुने उनको भनाइ थियो ।
क्रियाशील सदस्यता अद्यावधिकसम्बन्धी विवादबारे पनि उनले टिप्पणी गर्दै नयाँ सदस्यता र युवा सहभागितालाई अवरोध गर्न नहुने बताए ।
उनले पुराना नेताहरूलाई समेत समेटेर अघि बढ्ने र सबैलाई सम्मानजनक स्थान दिँदै काम गर्न चाहेको धारणा राख्दै आगामी महाधिवेशनका लागि निष्पक्ष संरचना बनाउन सबै पक्षसँग नाम सुझाव मागिएको बताए ।
उनले विशेष महाधिवेशनमा सहभागी नभएका पक्षलाई पनि समेटेर अघि बढ्न आफूले काम गरिरहेको बताउदै सार्वजनिक मञ्चदेखि नेताहरूको घरदैलोमा पुगेर समेत एकता कायम गर्न प्रयास गरे पनि केही नेताहरूले त्यस्तो प्रयास नभएको भनेर टिप्पणी गर्ने गरेको गुनासो गरेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सरकारले सय दिनमा के के गर्यो ? (पूर्ण पाठ)
-
देशभर २६ लाख ४५ हजार किसान सूचीकृत, परिचयपत्र वितरण गरिने
-
ह्वाट्सएपमा प्रस्तावित 'युजरनेम' सुविधाप्रति भारत सरकारको आपत्ति, मेटासँग जवाफ माग
-
इन्धनको मूल्य घटेसँगै बजारमा उपभोग्य वस्तु तथा सेवाको मूल्यसमेत घटाउन विभागको आग्रह
-
विश्वकपबाट बाहिरिएसँगै रियाद महरेजले लिए सन्यास
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।