हर्क साम्पाङ भन्छन्- संसदमा प्रश्नको उत्तर दिन नसक्ने डरपोक प्रधानमन्त्रीले लिपुलेक फर्काउँछ ?

२०८३ जेठ ०१ शुक्रवार
सारांश
  • श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहको लगातार आलोचना गरिरहेका छन् ।

काठमाण्डौ, ०१ जेठ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहको लगातार आलोचना गरिरहेका छन् ।

 

सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री शाहलाई डरपोकको संज्ञा दिदै संसद्‍मा उठेका प्रश्नहरूको उत्तर दिन नसक्ने डरपोक प्रधानमन्त्रीले लिपुलेक फर्काउछ भन्दै प्रश्न गरेका छन् ।

 

उनले भनेका छन्- 'संसद्‍मा उठेका प्रश्नहरूको उत्तर समेत दिन नसक्ने। जाबो एक मिनेटको दूरीमा रहेको सदन आउन नसक्ने डरपोक प्रधानमन्त्रीले लिपुलेक फर्काउँछ भन्ने एआई मिडिया ट्रायल गर्नु जतिको हाँसउठ्दो मजाक अरु छैन ।'

 

साम्पाङले प्रधानमन्त्री शाह संसदमा नीति तथा कार्यक्रमको जवाफ दिन उपस्थित नभएको विषयमा विहिबारको संसदमा आलोचना गर्दै आफ्नो विहेमा अरुलाई बेहुलो बनाउन मिल्दैन भन्दै आलोचना गरेका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार