- सभामुख डोलप्रसाद अर्यालले बुधबारको बैठकले थापाले मंगलबार संसद्मा सम्बोधन गर्ने क्रममा बोलेका असंसदीय शब्द रेकर्डबाट हटाइएको जानकारी दिएका हुन् ।
काठमाडौं: नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले प्रतिनिधि सभामा मंगलबार बोलेका तीन वटा शब्दहरू संसदीय रेकर्डबाट हटेको छ ।
सभामुख डोलप्रसाद अर्यालले बुधबारको बैठकले थापाले मंगलबार संसद्मा सम्बोधन गर्ने क्रममा बोलेका असंसदीय शब्द रेकर्डबाट हटाइएको जानकारी दिएका हुन् ।
सभामुख अर्यालले प्रतिनिधिसभा नियमावलीको नियम २१ को खण्ड ‘घ’ विपरीत बादलले बोलेका विषयहरू संसदीय रेकर्डबाट हटाउन संसद् सचिवालयलाई रूलिङ गरेका हुन् ।
सभामुखले अर्यालले थापाले संसदमा बोलेका शब्दहरू- ‘ सभालाई अराजकहरूको भिड, राष्ट्रिय झण्डा ओढेर देश जलाउनेहरू र नेपाली सेना मुकदर्शक’ भन्ने शब्द हटाइएको जानकारी गराएका छन् ।
बादलले मंगलबारको आफ्नो सम्वोधनमा नेपाली सेनाको भूमिका माथि प्रश्न गर्दै देश खरानी हुँदा र आफ्नै परमाधिपतिको मुख्यालयमा धावा बोल्दा नेपाली सेना राष्ट्रको प्रमुख रक्षक रहस्यमय ढंगबाट किन मूकदर्शक बन्यो ? लिपुलेकमा अतिक्रमण हुँदा बेखबर सेनाले सुकुमवासी बस्तीमा किन परेड खेल्दैछ ? भन्ने जस्ता प्रश्न गरेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चोलेन्द्रशमशेरलाई भेट्न नदिएको भन्दै मानव अधिकार आयोगको आपत्ति
-
फेवातालमा उद्धारका लागि अत्याधुनिक जेट स्की बोट सञ्चालन
-
दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्डमा २७ जनाको मृत्यु
-
मलेखु–मुग्लिन सडक खुलाउन १० मेसिन परिचालन, भोलि बिहानसम्म यातायात सुचारु गर्ने तयारी
-
बर्षाले अप्ठ्यारोमा परेका नागरिकलाई सहयोग र समन्वय गर्न पार्टीपंक्तिलाई गगन थापाको आग्रह
धेरै पढिएको
विशेष
एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर
एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।