संघीय संसदका तीन समितिको बैठक बस्दै

२०८३ वैशाख २५ शुक्रवार
सारांश
  • आज संघीय संसदका तीन समितिको बैठक बस्दैछ ।

काठमाण्डौ, २५ वैशाख । आज संघीय संसदका तीन समितिको बैठक बस्दैछ । आज प्रतिनिधि सभा अन्तर्गतका कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ भने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति संयुक्त समितिको पनि बैठक बस्दैछ ।

 

आज दिउसो १ बजेदेखि बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको परिचयसहित हालसम्म सम्पादित कामकारबाही, चालु आर्थिक वर्षको प्रगति समीक्षा र आगामी कार्ययोजनाका सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।

 

त्यसैगरी, विहान साढे १० बजेदेखि बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा . समितिको आन्तरिक विषयमा छलफल हुने जानकारी दिइएको छ ।

 

त्यस्तै,  दिउसो १ बजेदेखि बस्ने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति संयुक्त समितिको बैठकमा समितिको कार्यविधि बनाउने विषयमा छलफल हुने जानकारी दिइएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !

अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।

थप समाचार