मीना खरेललाई नेपाल महिला संघको जिम्मेवारी, फागुन १५ भित्र महाधिवेशन गर्ने कार्यादेश
२५ बैसाख, २०८३, शुक्रवार
- काँग्रेस सभापति गगन थापाले खरेललाई अध्यक्षको जिम्मेवारी दिदै आगामी फागुन १५ भित्र महिला संघको महाधिवेशन सम्पन्न गर्नेसहित १७ बुँदे कार्यादेश र कार्यविवरण दिएका छन् ।
काठमाडौँ: नेपाली कांग्रेसले नेपाल महिला संघको अध्यक्षको जिम्मेवारी मीनाकुमारी खरेललाई दिएको छ ।
समाजसेवीको पहिचान बनाएकी चितवनकी खरेल हालै सम्पन्न निर्वाचनमा रास्वपा सभापति रवि लामिछानेसँग प्रतिष्पर्धा गरेर चर्चामा आएकी थिइन् ।
काँग्रेस सभापति गगन थापाले खरेललाई अध्यक्षको जिम्मेवारी दिदै आगामी फागुन १५ भित्र महिला संघको महाधिवेशन सम्पन्न गर्नेसहित १७ बुँदे कार्यादेश र कार्यविवरण दिएका छन् ।
खरेललाई जेष्ठ १५ गतेभित्र पार्टी सभापतिसँग परामर्श गरेर सबै क्षेत्र, वर्ग, उमेर समुह, समुदाय र भुगोलको समेत समावेशी प्रतिनिधित्व हुनेगरी संघको केन्द्रीय कार्यसमितिलाई पूर्णता प्रदान गर्ने जिम्मेवारी दिइएको छ ।
साथै उनलाई फागुन १५ गतेभित्र संघको केन्द्रीय महाधिवेशन सम्पन्न गर्न श्रावण १ गतेभित्र महाधिवेशनको विस्तृत कार्यतालिका पार्टी समक्ष पेश गर्न भनिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।