- सूचनामा सो ऐनमा कर्मचारी युनियनसम्बन्धी व्यवस्था नरहेकाले सचिवालयको २०८३ वैशाख २४ गतेको निर्णयअनुसार कर्मचारी युनियन अब अस्तित्वमा नरहेको उल्लेख गरिएको छ ।
काठमाडौं: संघीय संसद सचिवालयले कर्मचारी युनियन अस्तित्वमा नरहेको जानकारी दिएको छ ।
शुक्रबार सचिवालयले सूचना जारी गर्दै केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८२ मार्फत संघीय संसद सचिवालयसम्बन्धी ऐन, २०६४ को दफा ७७ को उपदफा (ख) बमोजिमको कर्मचारी युनियनसम्बन्धी व्यवस्था हटाइएको जानकारी दिएको हो ।
सूचनामा सो ऐनमा कर्मचारी युनियनसम्बन्धी व्यवस्था नरहेकाले सचिवालयको २०८३ वैशाख २४ गतेको निर्णयअनुसार कर्मचारी युनियन अब अस्तित्वमा नरहेको उल्लेख गरिएको छ ।
सरकारले कर्मचारीको दलीय र आधिकारिक ट्रेड युनियन खारेज गर्ने निर्णय गरेसँगै संघीय संसद सचिवालयले कर्मचारी युनियन खारेज भएको जानकारी गराएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।