खुस्बु ओलीको टिप्पणी- विधिभन्दा अधिनायकवाद निर्णायक भयो !

२०८३ वैशाख २५ शुक्रवार
सारांश
  • सांसद ओलीले सुधारको नाममा राज्यका संस्थालाई क्रमशः व्यक्तिकेन्द्रित बनाइँदै लगिएको आरोप समेत लगाउदै स्थापित मापदण्ड र संस्थागत प्रक्रियालाई कमजोर बनाउँदै राज्य आत्मघाती र खतरनाक दिशातर्फ अघि बढिरहेको टिप्पणी गरेकी छन् ।

काठमाण्डौ, २५ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले वरिष्ठताको स्थापित रोलक्रम मिचेर चौथो नम्बरमा रहेका व्यक्तिलाई प्रधानन्यायाधीश नियुक्त गरिएको भन्दै सरकारको आलोचना गरेकी छन् ।

 

उनले रोलक्रम अनुसार वरिष्ठ हुनु भनेको केवल उमेर बढ्नु वा कपाल फुल्नु मात्र नभएको बताउदै वरिष्ठता संस्थागत स्मृति, कानुनी स्थिरता, अनुभव, निर्णय क्षमता, कार्यसम्पादन र संस्थाप्रतिको विश्वासको समष्टिगत मापदण्ड भएको बताएकी छन् ।

 

सांसद ओलीले सुधारको नाममा राज्यका संस्थालाई क्रमशः व्यक्तिकेन्द्रित बनाइँदै लगिएको आरोप समेत लगाउदै स्थापित मापदण्ड र संस्थागत प्रक्रियालाई कमजोर बनाउँदै राज्य आत्मघाती र खतरनाक दिशातर्फ अघि बढिरहेको टिप्पणी गरेकी छन् ।

 

उनले प्रधानन्यायाधीश नियुक्त गरेको घटनाले संवैधानिक तथा सार्वजनिक नियुक्तिहरूमा गलत नजिर स्थापित गरेको र विधि, प्रक्रिया र संस्थागत मर्यादा कायम गर्ने दाबी गर्ने सरकारले आफ्नै प्रतिबद्धतामाथि प्रश्न उठाएको जिकिर गरेकी छन् ।

 

ओलीले राज्य प्रणालीमा विधिभन्दा अधिनायकवादी सोच निर्णायक बन्दै गएको सन्देश यस कदमले दिएको उल्लेख गर्दै फेरि एकपटक थिति बसाल्ने अवसर गुमाइएको टिप्पणी गरेकी छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार