रास्वपाबाट स्थानीय तहमा उम्मेदवार हुन क्याण्डिडेट क्लब र लिडरसीप एकेडमीबाट उतिर्ण हुनुपर्ने

२० बैसाख, २०८३, आइतवार
सारांश
  • आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले आगामी स्थानीय तहको निर्वाचनका लागि योग्य र क्षमतावान उम्मेदवार तयार पार्ने सैद्धान्तिक र नीतिगत आधार तयार पारेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट स्थानीय तह निर्वाचनमा उम्मेदवार हुन चाहने पार्टी सदस्यहरूले क्याण्डिडेट क्लब र लिडरसीप एकेडमीबाट उतिर्ण हुनुपर्ने नियम बनाएको छ ।

 

आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले आगामी स्थानीय तहको निर्वाचनका लागि योग्य र क्षमतावान उम्मेदवार तयार पार्ने सैद्धान्तिक र नीतिगत आधार तयार पारेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

 

रास्वपाको यसअघिको बैठकले क्याण्डिडेट क्लब र लिडरसीप एकेडमीलगायत उम्मेदवार छनोटको रूपरेखा तयार पार्न पार्टी सहमहामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा कार्यदल बनाएको थियो । सो कार्यदलले आइतबार सचिवालय बैठकअघि पार्टी सभापतिलाई रूपरेखाको मस्यौदा हस्तान्तरण गरेको थियो ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न

प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।

थप समाचार