आशिका तामाङ भन्छिन्- होल्डिङ सेन्टरका सुकुम्बासीका बालबालिकाले पढ्न पाउनुपर्ने पर्यो !
२० बैसाख, २०८३, आइतवार
- कीर्तिपुरको सुकुम्बासी होल्डिङ सेल्टरमा सबै कुरा व्यवस्थापन गरियता पनि बालबच्चाहरूको विद्यालय छुटेको र धेरै बालबालिकाहरूको नयाँ भर्ना सेसन छुटेको गुनासो गरेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
काठमाडौँ: सांसद आशिका तामाङले किर्तिपुरस्थित सुकुम्बासीको होल्डिङ सेन्टरको अनुगमन गरेपछि बालबालिकाले पढ्न पाउनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।
कीर्तिपुरको सुकुम्बासी होल्डिङ सेल्टरमा सबै कुरा व्यवस्थापन गरियता पनि बालबच्चाहरूको विद्यालय छुटेको र धेरै बालबालिकाहरूको नयाँ भर्ना सेसन छुटेको गुनासो गरेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
उनीहरुले भर्ना हुन नपाएको भन्दै आशिकासँग गुनासो गरेका थिए । होल्डिङ सेन्टरमा १५ बर्षभन्दा मुनीका ६१ जना बालबालिका रहेको उनले बताएकी छन् ।
उनले सुकुम्बासीको व्यवस्थापन गर्न कति समय लाग्छ भन्ने निश्चित नभएको भन्दै बालबालिकाको विद्यालय छिटोभन्दा छिटो जान व्यवस्था मिलाउनु हुन सरकारको ध्यानआकर्षण गराएकी छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।