आशिका तामाङ भन्छिन्- होल्डिङ सेन्टरका सुकुम्बासीका बालबालिकाले पढ्न पाउनुपर्ने पर्यो !
२० बैसाख, २०८३, आइतवार
- कीर्तिपुरको सुकुम्बासी होल्डिङ सेल्टरमा सबै कुरा व्यवस्थापन गरियता पनि बालबच्चाहरूको विद्यालय छुटेको र धेरै बालबालिकाहरूको नयाँ भर्ना सेसन छुटेको गुनासो गरेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
काठमाडौँ: सांसद आशिका तामाङले किर्तिपुरस्थित सुकुम्बासीको होल्डिङ सेन्टरको अनुगमन गरेपछि बालबालिकाले पढ्न पाउनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।
कीर्तिपुरको सुकुम्बासी होल्डिङ सेल्टरमा सबै कुरा व्यवस्थापन गरियता पनि बालबच्चाहरूको विद्यालय छुटेको र धेरै बालबालिकाहरूको नयाँ भर्ना सेसन छुटेको गुनासो गरेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
उनीहरुले भर्ना हुन नपाएको भन्दै आशिकासँग गुनासो गरेका थिए । होल्डिङ सेन्टरमा १५ बर्षभन्दा मुनीका ६१ जना बालबालिका रहेको उनले बताएकी छन् ।
उनले सुकुम्बासीको व्यवस्थापन गर्न कति समय लाग्छ भन्ने निश्चित नभएको भन्दै बालबालिकाको विद्यालय छिटोभन्दा छिटो जान व्यवस्था मिलाउनु हुन सरकारको ध्यानआकर्षण गराएकी छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
न्यायालयमा देखिएका विकृतिहरू समाधान गर्न संसदबाटै प्रक्रिया अगाडि बढाउने रास्वपाको निर्णय
-
सञ्चारमाध्यममा धरपकड गर्ने कार्य गलत भएको रास्वपाको निष्कर्ष
-
पत्रकार पक्राउ प्रकरणमा सौरभ राज पन्तको टिप्पणी : ‘रुटिन अफ नेपाल बन्द’ पढ्ने पुस्ता र लोकतन्त्रका लागि कलम चलाएको पुस्ताबीच पुस्तान्तरणको द्वन्द्व
-
रवि लामिछानेले बोलाए रास्वपाको सचिवालय बैठक
-
पहिरो र लेदो खसेपछि बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।