- विहिबार सामाजिक सञ्जालमा लेख्दै सांसद पुनले सरकारले आवश्यक परे अध्यादेश ल्याएरै भए पनि जनताका हितका काम अघि बढाउनुपर्ने बताएका हुन् ।
काठमाडौँ: सांसद महावीर पुनले सरकारले ल्याएको अध्यादेशको समर्थन गरेका छन् ।
विहिबार सामाजिक सञ्जालमा लेख्दै सांसद पुनले सरकारले आवश्यक परे अध्यादेश ल्याएरै भए पनि जनताका हितका काम अघि बढाउनुपर्ने बताएका हुन् ।
उनले विगतदेखि नै जनताका लागि उपयोगी काम गर्न खोज्दा ऐन कानुनको अभाव देखाउँदै मन्त्रालयले रोक्ने गरेको भन्दै आफूले लामो समयदेखि यस्ता अवरोध झेल्दै आएको भुक्तभोगी रहेको उल्लेख गरेका छन् । उनले भनेका छन्- 'सरकारले अध्यादेश ल्याएरै भए पनि काम गर्ने पर्छ ! कुविद्वानहरुले किचकिच नगरौं मैले धेरै बर्ष अगाडी देखि जनताहरुलाई फाईदा हुने कामहरु गर्न खोज्दा मन्त्रालयले ऐन कानुन छैन भनेर अल्भयाउँदा धेरै दुख पाएको भुक्तभोगी म हुँ ।'
पुनले जेनजी आन्दोलनपछिको समयमा शिक्षा मन्त्री हुँदा आफूले अघि बढाउन खोजेका धेरै काम कर्मचारीले ऐन कानुनकै आधारमा रोकेको उल्लेख गर्दै आफूले प्रस्ताव गरेका तीनवटा अध्यादेशसमेत धेरै प्रयास गर्दा पनि अघि बढ्न नदिएको गुनासो गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।