राष्ट्रियसभामा दलको नेताको परिवर्तन शुभ संकेत होइन- पूर्णबहादुर खड्का
२०८३ वैशाख १७ विहिवार
- नेपाली काँग्रेसका नेता पूर्णबहादुर खड्काले राष्ट्रियसभामा दलको नेताको परिवर्तन शुभ संकेत नभएको टिप्पणी गरेका छन् ।
काठमाण्डौ, १७ वैशाख । नेपाली काँग्रेसका नेता पूर्णबहादुर खड्काले राष्ट्रियसभामा दलको नेताको परिवर्तन शुभ संकेत नभएको टिप्पणी गरेका छन् ।
खड्काले सामाजिक सञ्जालमा लेख्दै मनोनयन र परिवर्तन गर्ने अधिकार संसदीय दलको विधानअनुसार दलको नेतालाई नै रहेको भएपनि देशको राष्ट्रियतामाथि संकटको कालो बादल मडारिरहेको र पार्टी भित्रै विवाद बढेर मन विभाजित भएको अवस्थामा एकताको पहल गर्नुपर्ने अवस्थमा कुनै सुचना बिना नेता परिवर्तन गरिनु शुभ संकेत नभएको बताएका हुन् ।
खड्काले पार्टीका एक अनुभवी तथा अग्रज नेतालाई सामान्य राजनीतिक शिष्टाचारसमेत नराखी पूर्व जानकारी बिना नै अचानक हटाउने निर्णय गरिएको जानकारी पाउँदा आफू स्तब्ध भएको बताएका छन् ।
उनले काँग्रेसको एकताको अपरिहार्य आवश्यकता रहेको ऐतिहासिक संवेदनशील घडीमा यस्तो हतारको निर्णय शुभ संकेत नभएको जिकिर गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कृष्णभीरबाट परीक्षणका रूपमा सवारीसाधन सञ्चालन
-
पशुपतिनाथमा तीजका दिन दर्शन गर्न पाँचवटा रुट तोकियो
-
प्रहरी वृत्त गौशालाको पुनर्निर्मित भवन उद्घाटन
-
रसुवा–भोटेकोशी बाढीको क्षति २ खर्ब ७४ अर्ब, पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब लाग्ने
-
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय, अन्तर्राष्ट्रिय विज्ञसमेत सहभागी गराइने
धेरै पढिएको
विशेष
ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।