राष्ट्रियसभामा दलको नेताको परिवर्तन शुभ संकेत होइन- पूर्णबहादुर खड्का

२०८३ वैशाख १७ विहिवार
सारांश
  • नेपाली काँग्रेसका नेता पूर्णबहादुर खड्काले राष्ट्रियसभामा दलको नेताको परिवर्तन शुभ संकेत नभएको टिप्पणी गरेका छन् ।

काठमाण्डौ, १७ वैशाख । नेपाली काँग्रेसका नेता पूर्णबहादुर खड्काले राष्ट्रियसभामा दलको नेताको परिवर्तन शुभ संकेत नभएको टिप्पणी गरेका छन् ।

 

खड्काले सामाजिक सञ्जालमा लेख्दै मनोनयन र परिवर्तन गर्ने अधिकार संसदीय दलको विधानअनुसार दलको नेतालाई नै रहेको भएपनि देशको राष्ट्रियतामाथि संकटको कालो बादल मडारिरहेको र पार्टी भित्रै विवाद बढेर मन विभाजित भएको अवस्थामा एकताको पहल गर्नुपर्ने अवस्थमा कुनै सुचना बिना नेता परिवर्तन गरिनु शुभ संकेत नभएको बताएका हुन् ।

 

खड्काले पार्टीका एक अनुभवी तथा अग्रज नेतालाई सामान्य राजनीतिक शिष्टाचारसमेत नराखी पूर्व जानकारी बिना नै अचानक हटाउने निर्णय गरिएको जानकारी पाउँदा आफू स्तब्ध भएको बताएका छन् ।

 

उनले काँग्रेसको एकताको अपरिहार्य आवश्यकता रहेको ऐतिहासिक संवेदनशील घडीमा यस्तो हतारको निर्णय शुभ संकेत नभएको जिकिर गरेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न

प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।

थप समाचार