सरकारले ल्याएको अध्यादेश बारे काँग्रेसले विपक्षी दलहरूसँग छलफल गर्ने

२०८३ वैशाख १६ बुधवार
सारांश
  • सरकारको अध्यादेश ल्याउने निर्णय बारे नेपाली कांग्रेसले विपक्षी दलहरूसँग छलफल गर्ने भएको छ ।

काठमाण्डौ, १६ वैशाख । सरकारको अध्यादेश ल्याउने निर्णय बारे नेपाली कांग्रेसले विपक्षी दलहरूसँग छलफल गर्ने भएको छ ।

 

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा आज अपराहन्न १२ बजे काँग्रेसले नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका विपक्षी दलहरुसँग छलफल गर्ने भएको हो ।

 

सरकारले संसद छलेर दुई अध्यादेश ल्याउने निर्णय गर्दै राष्ट्रपतिको कार्यालयमा पठाएपछि विरोध शुरु भएको छ । सरकारले मंगलबार संवैधानिक परिषद् र सहकारी समस्या समाधानसम्बन्धी अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई पठाइएको छ भने राष्टपतिबाट जारी हुन बाँकी रहेको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार