गगनविरुद्ध अभिव्यक्ति दिएका कान्छाराम निलम्बन, खडका बारेको निर्णय प्रक्रिया तामेलीमा
१६ बैसाख, २०८३, बुधवार
- कान्छारामले सभापति गगन थापासँग अर्बौं रुपैयाँ भनेर दिएको अभिव्यक्तिको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि पार्टीले स्पष्टीकरण सोधेको थियो ।
काठमाडौँ: नेपाली काँग्रेसले रामेछापका जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) लाई निलम्बन गरेको छ ।
काँग्रेसको केन्द्रीय अनुशासन समितिले यस अघि सोधेको स्पष्टीकरणको जवाफ चित्त नबुझेको भन्दै पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा ३४ (८) (ङ) तथा ऐ. नियमावली, २०७६ को नियम २८ (३) बमोजिम अनुशासन उल्लघंन गरेको कसुरमा निर्णय नहुन्जेल सम्मका लागि तामाङलाई आजैका मितिदेखि नेपाली कांग्रेस रामेछाप जिल्लाको सभापति पदमा रही कामकाज गर्न नपाउने गरी निलम्वन गर्ने निर्णय गरेको छ ।
कान्छारामले सभापति गगन थापासँग अर्बौं रुपैयाँ भनेर दिएको अभिव्यक्तिको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि पार्टीले स्पष्टीकरण सोधेको थियो ।
त्यस्तै काँग्रेसको अनुशासन समितिले पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरणलाई भने हाललाई निर्णय प्रक्रियालाई तामेलीमा राख्ने निर्णय गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच भेटवार्ता, उच्च शिक्षामा सहकार्य विस्तारबारे छलफल
-
विराटनगरमाथि चितवन राइनोजको रोमाञ्चक जित
-
अनलाइन ट्रोल र दुर्व्यबहारविरुद्ध रश्मिका र विजयको उजुरी
-
नेप्सेमा सामान्य वृद्धि, ५ अर्ब ७९ करोडको कारोबार
-
सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।