गगनविरुद्ध अभिव्यक्ति दिएका कान्छाराम निलम्बन, खडका बारेको निर्णय प्रक्रिया तामेलीमा
१६ बैसाख, २०८३, बुधवार
- कान्छारामले सभापति गगन थापासँग अर्बौं रुपैयाँ भनेर दिएको अभिव्यक्तिको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि पार्टीले स्पष्टीकरण सोधेको थियो ।
काठमाडौँ: नेपाली काँग्रेसले रामेछापका जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) लाई निलम्बन गरेको छ ।
काँग्रेसको केन्द्रीय अनुशासन समितिले यस अघि सोधेको स्पष्टीकरणको जवाफ चित्त नबुझेको भन्दै पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा ३४ (८) (ङ) तथा ऐ. नियमावली, २०७६ को नियम २८ (३) बमोजिम अनुशासन उल्लघंन गरेको कसुरमा निर्णय नहुन्जेल सम्मका लागि तामाङलाई आजैका मितिदेखि नेपाली कांग्रेस रामेछाप जिल्लाको सभापति पदमा रही कामकाज गर्न नपाउने गरी निलम्वन गर्ने निर्णय गरेको छ ।
कान्छारामले सभापति गगन थापासँग अर्बौं रुपैयाँ भनेर दिएको अभिव्यक्तिको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि पार्टीले स्पष्टीकरण सोधेको थियो ।
त्यस्तै काँग्रेसको अनुशासन समितिले पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरणलाई भने हाललाई निर्णय प्रक्रियालाई तामेलीमा राख्ने निर्णय गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।