शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

२०८३ वैशाख १५ मङ्गलवार
सारांश
  • गोल्छाद्वारा दायर बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै बन्दीसहित लिखित जवाफ पेस गर्न विपक्षीका नाममा आदेश दिएको हो।

सर्वोच्च अदालतले नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश दिएको छ।

न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले गोल्छाकी पत्नी सीमा गोल्छाद्वारा दायर बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै बन्दीसहित लिखित जवाफ पेस गर्न विपक्षीका नाममा आदेश दिएको हो। बिहीबार पक्राउ परेका गोल्छालाई सीआईबीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ भने सोमबार मात्रै जिल्ला अदालतले उनलाई थप तीन दिन थुनामा राख्न अनुमति दिएको थियो।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?

ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।

थप समाचार