सरकारको परराष्ट्र नीतिमा ‘बफर स्टेट’ शब्दको प्रयोगप्रति एमाले नेता प्रदीप ज्ञवालीले आपत्ति

२०८३ वैशाख ०२ बुधवार
सारांश
  • ज्ञवालीले ‘समनिकटता’ र ‘समदूरी’ जस्ता शब्दको प्रयोग पनि ठिक नभएको उल्लेख गर्दै राष्ट्रिय हितको रक्षा, स्वतन्त्र परराष्ट्र नीति र बाह्य सम्बन्धमा सन्तुलन मुख्य विषय भएको बताएका छन् ।

काठमाडौँ: सरकारले तयार गरेको ‘राष्ट्रिय प्रतिबद्धता’ को परराष्ट्र नीतिमा ‘बफर स्टेट’ शब्दको प्रयोगप्रति एमाले नेता एवम पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आपत्ति जनाएका छन् ।

 

सामाजिक सञ्जालमा लेख्दै नेता ज्ञवालीले अन्तर्राष्ट्रिय राजनीति र कुटनीतिमा प्रयोग गरिने प्रत्येक शब्दको विशेष अर्थ हुन्छ भन्दै नेपालले आफ्नो भूराजनीतिक अवस्थितिलाई कहिल्यै ‘बफर राज्य’ नभनेको र यस्तो शब्दको प्रयोग प्रासङ्गिक नरहेको बताएका हुन् ।

 

ज्ञवालीले ‘समनिकटता’ र ‘समदूरी’ जस्ता शब्दको प्रयोग पनि ठिक नभएको उल्लेख गर्दै राष्ट्रिय हितको रक्षा, स्वतन्त्र परराष्ट्र नीति र बाह्य सम्बन्धमा सन्तुलन मुख्य विषय भएको बताएका छन् ।

 

उनले भनेका छन्:

सरकारी दस्ताबेजहरूमा भाषिक प्रयोगहरूमा पर्याप्त सावधानी आवश्यक हुन्छ । भर्खरै सरकारले तयार गरेको ‘राष्ट्रिय प्रतिबद्धता’ को बुँदा नं १४ ‘अन्तर्राष्ट्रिय कुटनीति र परराष्ट्र सम्बन्ध’ शीर्षकमा ‘नेपाललाई ‘बफर स्टेट’ बाट ‘भाइब्रेन्ट ब्रिज’ का रूपमा रूपान्तरण गर्ने’ र ‘सबैसँग सम दूरी र समनिकटताको नीति अवलम्बन गर्ने’ विषय उल्लेख गरिएको रहेछ ।

 

अन्तर्राष्ट्रिय राजनीति र कुटनीतिमा प्रयोग गरिने प्रत्येक शब्दको विशेष अर्थ हुन्छ । नेपालले आफ्नो भूराजनीतिक अवस्थितिलाई कहिल्यै ‘बफर राज्य’ भनेको छैन र छिमेकी मित्र राष्ट्रहरूले पनि यस्तो शब्द प्रयोग गरेका छैनन् । हाम्रा छिमेकीहरू बिच अनन्त दुश्मनी र द्वन्द्व पनि छैन, जसको सन्दर्भमा यस्तो शब्दको प्रयोग प्रासङ्गिक देखियोस् ।

 

यही कुरा ‘समनिकटता’ र ‘समदूरी’ का हकमा पनि लागु हुन्छ । राष्ट्रिय हितको रक्षा, स्वतन्त्र परराष्ट्र नीति र बाह्य सम्बन्धमा सन्तुलन मुख्य विषय हो । मुद्दा, साझेदारी र सन्दर्भ अनुसार हाम्रा सम्बन्धका आयाम फरक हुन सक्छन् । त्यस अर्थमा हाम्रा सम्बन्धहरूमा सधैभरि उही मापन र आयतन नरहन पनि सक्छ । सरकारी दस्ताबेजहरूमा भाषिक प्रयोगहरूमा पर्याप्त सावधानी आवश्यक हुन्छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपाल–भारत सम्बन्धमा रबि लामिछाने फ्याक्टरः भ्रमणले दिएको ६ सन्देश

“विकास कूटनीति” को अवधारणा विगतमा व्यापक रूपमा प्रयोग हुने “कनेक्टिभिटी” शब्दभन्दा फराकिलो र समग्र दृष्टिकोण भएको देखिन्छ । कनेक्टिभिटी यसको एउटा महत्वपूर्ण अंग भए पनि विकास कूटनीतिले द्विपक्षीय सहकार्यलाई अझ व्यापक ढंगले परिभाषित गर्छ ।

थप समाचार