जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण सात दिन भित्र हटाउन सूचना जारी

२०८३ भाद्र २० शनिबार
सारांश
  • गुठी संस्थानले जनकपुरधाम उपमहानगरपालिकाभित्र रहेका राजगुठीअन्तर्गतका पोखरी तथा पोखरीको डिलमा भएको अनधिकृत अतिक्रमण हटाउन ७ दिनको समय दिएको छ ।

जनकपुरधाम, २० भाद्र । गुठी संस्थानले जनकपुरधाम उपमहानगरपालिकाभित्र रहेका राजगुठीअन्तर्गतका पोखरी तथा पोखरीको डिलमा भएको अनधिकृत अतिक्रमण हटाउन ७ दिनको समय दिएको छ । संस्थानले सार्वजनिक सूचना जारी गर्दै अतिक्रमित संरचना हटाउन सम्बन्धित व्यक्ति तथा संस्थालाई निर्देशन दिएको हो ।

 

संस्थानले सार्वजनिक गरेको सूचनामा सम्बन्धित व्यक्ति तथा संस्थालाई सात दिनभित्र अनधिकृत अतिक्रमण तथा संरचना हटाउन भनिएको छ। तोकिएको समयभित्र अतिक्रमण नहटाए प्रचलित कानूनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।

 

यसअघि जनकपुरधाम उपमहानगरपालिका–४ स्थित गोडधोइबाट देवान पोखरी (चन्द्र कूप), मध्यमासर, रुक्मिणी सर, विडाल सर (विराही), गेन्ही पोखरी, ठाडी पोखरी, लवकी पोखरी (रजौल), कपलमोचनी सर, पुरन्दर सर, लवकी पोखरी, लक्ष्मण सर (बलराम सर), पापमोचनी सर, अन्नी कुण्ड, सीता कुण्ड र विहार कुण्ड लगायतका अतिक्रमित संरचना हटाइएको थियो ।सोहीअन्तर्गतका पोखरी तथा पोखरीको डिलमा समेत अनधिकृत रूपमा निर्माण गरिएका संरचना र गरिएको भोगचलन हटाउने प्रक्रिया अघि बढाइएको गुठी संस्थानले जनाएको छ ।

 

गुठी संस्थानका अनुसार देवान पोखरी (चन्द्र कूप), मध्यमासर, रुक्मिणी सर, विडाल सर (विराही), गेन्ही पोखरी, ठाडी पोखरी, लवकी पोखरी (रजौल), कपलमोचनी सर, पुरन्दर सर, लवकी पोखरी, लक्ष्मण सर (बलराम सर), पापमोचनी सर, अन्नी कुण्ड, सीता कुण्ड र विहार कुण्ड लगायतका पोखरी तथा पोखरीको डिलमा विभिन्न व्यक्ति तथा संस्थाले अनधिकृत रूपमा अतिक्रमण गरी संरचना निर्माण तथा भोगचलन गर्दै आएको पाइएको छ ।

 

गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदल र २०६२ सालको प्रतिवेदन कार्यान्वयन समितिको प्रतिवेदनका आधारमा अतिक्रमण हटाउन सूचना जारी गरिएको संस्थानले जनाएको छ ।

 

जनकपुरधामका ऐतिहासिक तथा धार्मिक महत्व बोकेका पोखरीहरू लामो समयदेखि अतिक्रमणको चपेटामा पर्दै आएका बेला गुठी संस्थानले अतिक्रमण हटाउने प्रक्रिया अघि बढाएको हो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार