त्रिशूली–३ ए सुरुङबाट दुई जनाको जीवित उद्धार

१९ भाद्र, २०८३, शुक्रवार
सारांश
  • दुवैलाई हेलिकप्टर मार्फत काठमाडौँ ल्याउन लागिएको बताइएको छ ।

काठमाडौँ: रसुवास्थित त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङभित्रबाट थप एक जनाको जीवित उद्धार गरिएको छ ।

 

सुरुङबाट मेकानिकल फोरम्यान  सञ्जय शाह  र मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत कबीर महर्जनको उद्धार गरिएको हो । दुवैलाई हेलिकप्टर मार्फत काठमाडौँ ल्याउन लागिएको बताइएको छ ।  

 

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रीराम न्यौपानेका अनुसार सुरुङभित्र अझै अन्य व्यक्ति पनि रहेको जानकारी प्राप्त भएको छ । उनीहरूको खोज तथा उद्धारका लागि उद्धार टोलीले काम जारी राखेको छ ।

 

दुवैलाई सुरुङमा थुनिएको ९ दिनपछि सकुशल उद्धार गरिएको हो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार