रुबीकुमारी ठाकुरलाई ‘बहिनी’ भनेर गरिएको सम्बोधन रेकर्डबाट हटाउन हर्क साम्पाङको माग
२७ चैत्र, २०८२, शुक्रवार
- शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सदनमा सबै माननीय बनेर आएपछि माननीय नै भनेर सम्बोधन गर्नुपर्ने भन्दै ‘बहिनी’ भन्ने शब्द खारेज गर्न माग गरे ।
काठमाडौं: श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ राईले उपसभामुखको उम्मेदवार रुबीकुमारी ठाकुरलाई सदनमा ‘बहिनी’ भनेर सम्बोधन गरिएको भन्दै आपत्ति जनाएका छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सदनमा सबै माननीय बनेर आएपछि माननीय नै भनेर सम्बोधन गर्नुपर्ने भन्दै ‘बहिनी’ भन्ने शब्द खारेज गर्न माग गरे ।
उनले भने,‘हामी यहाँ सबैजना माननीय हौं । पूर्ववक्ताहरुले हाम्रो माननीय रुबीकुमारी ठाकुरलाई बहिनी भनेर सम्बोधन गरेको सुनें । त्यो शब्द खारेज गरियोस् । यहाँ कोहीको बहिनी, नातिनी, बाजे भन्ने शब्दले बोल्नुहुँदैन् । माननीय भनेर नै सम्बोधन गर्नुपर्छ ।’
त्यस्तै उनले संसदमा आरोप–प्रत्यारोपभन्दा जिम्मेवारीपूर्ण व्यवहार आवश्यक रहेको बताए ।
रास्वापाले समर्थन जनाउने बाचा गरेर धोका दियो भनेर राप्रपाले व्यक्त गरेको धारणाप्रति असन्तुष्टि जनाउँदै उनले कसले फोन गरेको थियो,कसले औंला समाएर डोहोर्याएको थियो भनेर विलौना गर्नु उचित नहुने बताए ।
उनले भने,‘आम जनताले हामीलाई चयन गर्दा केके भन्यौं होला, प्रतिस्पर्धा हो । तर अहिले त्यो भन्दा संसदको मर्यादा रहन्छ जस्तो लाग्दैन् । यहाँ कसैले कसैलाई सिकाइराख्नु पर्दैन् । त्यति सुझबुझ हामी राख्छौं । त्यसैले कसले फोन गरेको थियो, कसले आंैला समाएर डोहोर्याएको थियो भनेर विलौना गर्न उचित जस्तो लाग्दैन् । तर हामी माननीय भएर आइसकेका छौं । अब चाँही अरुलाई आक्षेप लगाउने काम नगरौं ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’