उपसभामुखको निर्वाचन आज, रुबी कुमारी बन्ने निश्चित

२०८२ चैत्र २७ शुक्रवार
सारांश
  • उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुबी कुमारी ठाकुर र राप्रपाकी सरस्वती लामाले उम्मेदवारी दर्ता गरेका छन् ।

काठमाण्डौ, २७ चैत्र । आज उपसभामुखको निर्वाचन हुदैछ । आज दिउसो ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा समामुखको निर्वाचन सम्बन्धि दुवै प्रस्ताव पेश हुने कार्यसूची रहेको छ ।

 

उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुबी कुमारी ठाकुर र राप्रपाकी सरस्वती लामाले उम्मेदवारी दर्ता गरेका छन् ।ठाकुरको प्रस्तावक श्रम संस्कृति पार्टीका सांसद आरेन राई रहेका छन् भने समर्थकमा रास्वपा सांसद अशोक कुमार चौधरी र श्रम संस्कृति पार्टीकी सांसद अम्बिका देवी संग्रौला रहेका छन् ।

 

राप्रपाकी उम्मेदवार लामाको प्रस्तावकमा राप्रपाका सांसद ज्ञानेन्द्र शाही रहेका छन् भने समर्थकमा राप्रपाका सांसद ताहिर अलि भाट, खुस्बु ओली र भारत गिरी रहेका छन् ।  

 

उपसभामुखमा सत्तारुढ दल रास्वपाले अन्तिम समयमा श्रम संस्कृति पार्टीलाई समर्थन गरेको छ । त्यस्तै श्रम संस्कृतिलाई काँग्रेस, एमाले र नेकपाले पनि समर्थन गरेका छन् । सत्तारुढ दलसहित विपक्षी दलको समर्थन रहेकाले श्रम संस्कृति पार्टीकी रुबी कुमारी ठाकुर उपसभामुख बन्ने निश्चित रहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार