जेनजी आन्दोलनको नेतृत्व अघोषित रुपमा रास्वपाले गरेको थियो- रामबहादुर थापा

१९ चैत्र, २०८२, बिहिवार
सारांश
  • प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै नेता थापाले भदौ २३ र २४ को जेनजी आन्दोलनमा रास्वपाले अघोषित नेतृत्व गरेको र फागुन २१ गते देशमा निलो क्रान्ति भएको बताएका छन् ।

काठमाडौं: नेकपा एमालेका नेता रामबहादुर थापाले रास्वपाको अघोषित नेतृत्वमा भदौ २३ र २४ को जेनजी आन्दोलन भएको आरोप लगाएका छन् ।

 

प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै नेता थापाले भदौ २३ र २४ को जेनजी आन्दोलनमा रास्वपाले अघोषित नेतृत्व गरेको र फागुन २१ गते देशमा निलो क्रान्ति भएको बताएका छन् ।

 

उनले नेपालमा अहिलेसम्मका घटनामा नेपाली सेना, सुशिला कार्की नेतृत्वको सरकार, कार्की आयोग र कर्मचारी तन्त्रको सहयोग रहेको समेत आरोप लगाए । त्यस्तै थापाले टिओबी, मिडिया ट्रायल, अल्गोरेदिम, बारबरा फाउन्डेसनआदिको भूमिकामा अहिलेको अवस्था आएको बताउदै सबै शक्तिलाई व्यंग्यात्मकरुपमा बधाई दिएका थिए ।

 

नेता थापाले जनताले आफुहरुलाई विपक्षमा रहने जनादेश दिएको बताउदै आफुहरुले विपक्षीको मोर्चाबाट सशक्त रुपमा सरकारले गरेका गलत कामको विषय उठाउने स्पष्ट गरे ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

यस्तो छ जितिया पर्वको पौराणिक प्रसङ्ग

तिथिको समयमा हेरफेर भएको अवस्थामा वर्तालुलाई ३६ घण्टासम्म उपवासमा बस्नुपर्ने हुन्छ । उपवासको अवधिमा थुक पनि निल्न नहुने मान्यता छ । तर, यसपल्ट उपवासको अवधि सोमबार बिहान ३ बजेदेखि शुरु भई बुधबार बिहान ८ बजेसम्म अर्थात करीब २९ घण्टा रहेको छ ।

थप समाचार